IIMS College

ISMT

HUB Education

पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित

  • शुक्रबार, १३ मंसिर, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् ।

 

प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताए । “१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन्”, उनले भने ।

 

रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

 

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएको हो ।

 

सो अवसरमा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, शिक्षक महासङ्घ प्रतिनिधि देवीप्रसाद भट्टराई, जिल्ला शिक्षा समितिको तर्फबाट धनेन्द्रराज घिमिरेलगायतले नयाँ शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्दै लगनशील भएर शिक्षण कार्यमा तल्लीन रहन आग्रह गरे ।


थप समाचार

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

  • 22 minutes ago
प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

महोत्तरी । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

  • 27 minutes ago
सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

  • 39 minutes ago
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

एजेन्सी । । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष आइसीयूबाट बाहिर निकालिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।