के तपाईको बच्चाले ३ घण्टाभन्दा बढी टेलिभिजन हेर्ने गर्छन् ?

एजेन्सी । पछिल्लो एक अध्ययनले टेलिभिजनमा ज्यादा समय बिताउने बालबालिकाहरुबारे अध्ययन सार्वजनिक गरेको छ । यदि तपाईका नानीबाबुहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटरमा गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउछन् भने सजग रहन अध्ययनकर्ताहरुले सुझाएका छन् । 

 

यो बालबालिकाको स्वास्थ्यका लागि घातक हुन सक्छ । धेरै लामो समयसम्म यस्ता प्रविधिहरुमा लगातार हेरिरहदा उनीहरुको आखाँमा नराम्रो असर पर्ने गर्दछ । यति मात्र नभई उनीहरुलाई अन्य रोगको खतरा पनि बढ्ने देखिन्छ ।

 

घण्टौसम्म टिभीको स्क्रिनमा आफ्नो समय बिताउने बालबालिकामा मधुमेहको खतरा अत्याधिक हुन्छ अध्ययनलेमा उल्लेख छ ।

 

लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको एक अनुसन्धानका अनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै जान्छ । उनीहरुलाई डिजिटल प्रविधिको प्रयोग गर्ने बानी परेपछि उनीहरु सधैँ त्यसैमा समय बिताउने गर्दछन् । खाना खानदेखि स्कुलको गृहकार्य गर्नेसम्मका सबै कामहरु टिभी वा मोबाइल हेर्दै गर्ने गर्दछन् । उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन पनि सक्दैनन् ।

 

जसले गर्दा उनीहरुको आखाँमा समस्या आउनका साथै शरीरमा रहेको इन्सुलिन तथा पाचन ग्रन्थी र हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन । जसको कारण डायविटिज लाग्न सक्छ । बच्चा बेलादेखि नै हुने यस्तो समस्या उमेर बढेपछि लागेभन्दा बढी खतरनाक हुने गर्दछ । साथै उनीहरुमा एकोहोरोपनको समस्या पनि बढी देखिने गर्दछ ।

 

तर टिभीको स्क्रिन अगाडि धेरै समय नबिताउने बालबालिकामा भने यस्तो खतरा कम हुने गर्दछ । उनीहरु धेरै समय डिजिटल प्रविधिमा समय बिताउने भन्दा बढी क्रियाशील हुने गर्दछन् ।


थप समाचार

कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

  • 23 minutes ago
कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेट

विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

  • 30 minutes ago
विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय गाडीमा भन्सार लगाइएको भन्दै विरोध गरेकी छिन् । आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा भन्स

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

  • 53 minutes ago
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।