Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस


काठमाडौँ। आज काठमाडौँको तामक्रम घटेको छ। राम्ररी घाम नलाग्दा आज काठमाडौँमा बढी चिसो महशुस गरिएको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको न्युनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो। आज २१ देखि २३ डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने महाशाखाको पूर्वानुमान् छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार राजस्थानमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौँमा आज चिसो महशुस भएको हो।

आज मधेश प्रदेश लगायत पूर्वी भूभागमा मौसम बदली हुँदा केही चिसो बढेको छ। राजस्थानमा बनेको न्यूनचापीय प्रणालकी असर सुदूरपश्चिममा नपरेको हुँदा त्यहाँको मौसम भने सामान्यतया सफा रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

महाशाखाका अनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

६ जना एसएसपीको सरुवा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र

२८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न पाठ्यक्रमलाई समय…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७…

काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन् । उपत्यका

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार

Techie IT