देउवाको खर्चिलो भ्रमणः आफ्नै हात जगन्नाथ !

काठमाडौं, भदौ २७ । जम्बाे मन्त्रीमण्डल बनाएर अलोकप्रिय बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि अर्को अलोकप्रिय निर्णय गरेका छन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अमेरिका जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले ९ दिनको भ्रमणको क्रममा ४ करोड ५५ लाख ४१ हजार खर्च गर्नेछन् ।

 

२४ सदस्यीय प्रतिनिधिमण्डल आगामी ३ असोजमा न्युयोर्कका लागि उड्नेछ । यति ठूलो भ्रमण टोली र खर्चको विषयलाई लिएर प्रधानमन्त्री देउवाको आलोचना नेपाली कांग्रेसभित्रै हुन थालेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अमेरिका भ्रमण गर्ने प्रधानमन्त्रीको प्रस्ताव स्वीकृत गरेको हो ।

 

देउवा पत्नी आरजु सल्लाहकार

देउवाले भ्रमणदलका लागि आफ्नै पत्नी आरजु राणालाई सल्लाहकारको रुपमा महासभामा लैजानेछन् । मन्त्रीपरिषद्मा यसको कुनै गुन्जायस नभए पनि विभिन्न मन्त्रीहरुले प्रधानमन्त्रीको यस्तो निर्णयप्रति गुनासो पोख्न थालेका छन् ।

 

‘आफ्नै हात जगन्नाथ भनेको यस्तै हो,’ एक मन्त्रीले नाम नखुलाउने शर्तमा गुनासो गरे, ‘मैले जे गरे नी हुन्छ भन्ने प्रधानमन्त्रीलाई लागेको छ । हामीले असन्तुष्टि पोखेर पनि के हुन्छ र ?’ देउवाको यस्तो निर्णयलाई लिएर सानेपास्थित कांग्रेस कार्यालयमा चर्को असन्तुष्टि पोखिन थालेको हो । देउवाले आफूखुसी पार्टी र सरकार चलाएको भन्दै रामचन्द्र पौडेल निकट नेताहरुले खुलेरै असन्तुष्टि जनाउँदैआएका छन् ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।