पालोको पैंचो

उ हाम्रो गाउँ कि सबै भन्दा धनि र मान्यजन मेजर प्रताप सिंह थापाकि एक्ली र एकदम राम्री छोरी । उ अर्थात मेरी साथी कोमल । त्यति बेलाकसैले हेर्ने सम्म आँट गर्दैन थिए उसलाई ।

 

तर, म भने अपबाद थिएँ ।किनकी म उसको एकदम मिल्ने साथी थिएँ । हामी सँगै खेल्ने साथी थियौ। माध्यमिक शिक्षासम्म हामी दुवै जना सँगै पढेको थियौ ।



त्यति बेला उसलाई कसैले अलिकति हेप्ने र होच्चाउने कुरा गर्यो की उबाझ्न जान्थि । अनि मलाई कुरा लगाउँथि र मबाट आड भरोसा खोज्थी । मलाई लाग्थ्यो, उसको दुस्ख र पीडा मेरो पनि दुस्ख र पीडा हो । तरपढाईमा भने उ एकदम कमजोर थिई । अंग्रेजीमा त झनै कमजोर । मेरो मिल्ने साथी भएको हुनाले र म कक्षामा पढाईमा एकदम राम्रो भएको हुनाले उसलाई अंग्रेजी बिषय पढ्न सहयोग गर्थें ।

 

बिद्यालय शिक्षा पछि उ र म अलग भयौ । उ क्याम्पस पढ्न काठमान्डू तिरलागि । म भने आर्थिक अवस्था राम्रो नभएको हुनाले पढाईलाई बिट मारें र गाउँको स्कुलमा पढाउन थालें । हाम्रो सम्पर्क हुन छाड्यो । उसँग दशैमाघर आउँदा मात्रै भेट हुन्थ्यो ।

 

केही समय पछि उसको बिहे काठमान्डूबाट उतै तिरको केटा सँग भएछ ।घरजम गरे पछि केटाकेटी भएछन् । उ पनि घर गृहस्तिमा ब्यस्त । म पनिमेरो गाउँको जागिरे जीवनमा ब्यस्त । हाम्रो खास सम्पर्क नै भएन । मेरोमनमा उ एउटा मिल्ने साथीको रुपमा सधै डेरा जमाएर बसेकी थिई ।

 

केही बर्ष भएछ उ अमेरिका तिर हानिएकी रहेछ । गत बर्षको कुरा हो । उसले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाई । त्यसपछि उ र म फेसबुकमा साथी छौ । धन्य छ फेसबुक, १ जसले अहिले गाउँ होस् वा शहर सबैतिर पुराना साथीभाईसँग सम्पर्क गर्न र अरु पनि नयाँ साथीभाई बनाउन सहयोग गर्छ ।

 

अहिले उ मेजर प्रताप सिंह थापाकी छोरी मात्रै हैन सारिका बस्नेतकी आमा पनि भईछ । अमेरिकामा गएर काम गर्ने र गाडी हाक्ने भईछ ।अधबैशे भए पनि उ उस्तै राम्री छे । उसको जोस र जाँगर उस्तै रहेछ ।उसको आत्मा बिस्वास पनि जस्ताको त्यस्तै छ ।

 

उसमा अहिले एउटा फरक पाएँ । उसको अंग्रेजी भने राम्रो भएछ । नेपालीमा मसँग कुरा गर्दा वा च्याट गर्दा धेरै नै अंग्रेजी शब्द र वाक्यहरु घुसाउँछे । कुनै बेला अंग्रेजी बिषयमा उसलाई सहयोग गर्ने म भने अंग्रेजीमा कुनै वाक्य राम्रोसँग लेख्न र बोल्न सक्दिन । तरपनि उ मेरो उच्चारण बिग्र्यो भने मलाई त्यसरी हैन यसरी भन्नुपर्छ भन्छे ।

 

अहिले मलाई स्कुल पढ्ने केटाकेटीलाई झैँ अंग्रेजी सिकाउँछे जसरी मैले स्कुल पढ्दा उसलाई अंग्रेजी बिषयमा सहयोग गरेको थिएँ । जे होस् जहाँ गएपनि जे भए पनि उसले मलाई पालोको पैचो तिरेकी छे । म पनि हाम्रो बाल्यपनको समयको याद गर्दै यो उमेरमा पनि केही कुरा सिक्दैछु ।



    Your Comment

    थप समाचार

    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    • 11 minutes ago
    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 19 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 1 hour ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।