Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा


काठमाडौँ । कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै ८८ रनको योगफल बनाएको थियो । उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७–७ रन बनाए ।

कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एकरएक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT