जलविद्युत्काे पाइप फुटेर चार घरपरिवार विस्थापित

चौतारा, साउन २ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् ।

 

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६।५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति हुनुका साथै २९ खसी बाख्रा र १३० वटा कुखुरा बगाएको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएकोे छ ।

 

बाढीले चिनी तामाङको घर क्षतीग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्बु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकोले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए ।

 

बाढीले पासाङको– ५ वटा कुखुरा र मनिषाको चार बाख्रा तथा अन्य २५ वटा कुखुरा समेत बगाएको छ । शनिबार राति परेको अबिरल वर्षा पछि छ््यादी खोलामा आएको बाढीले आयोजनाको डेढमिटर गोलाइको ७० मिटर पाइप समेत बगाएकोले विद्युत् उत्पादन समेत बन्द भएको छ ।

 

बाढीका कारण अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुननसक्ने आयोजनाका प्रबन्द निर्देशक समन मानन्धरले बताए ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।