बेलायतमा पुरातन शैलीमै नेपाली राजनीतिको मलजल गर्न खोज्नु 'हनुमानगिरी'


पक्कै पनि कामदाम छोडेर बिदेशमा सक्रिय राजनीति गर्नु निन्दनीय छ । तर आफूलाई मनपरेको बिचार, दल र नेतृत्वलाई सहयोग गर्नु वा विदेशबाट सहजकर्ताको भूमिका खेल्दै २१ औं सताब्दिको भूमण्डलीय विश्व प्रत्यक्ष बुझेको सचेत नागरिकले जाने बुझेको ज्ञान नेतृत्वमा प्रसार गर्नु जागरुक, देशभक्त नेपालीको कर्तब्य हो । यसरी नै पुरातन शैलीमा बिस्तारै परिबर्तन ल्याउन सकिएला ।

 


सदियौंदेखि जकडिएर बसेको संस्कार, संस्कृति र प्रवृत्ति फेसबुक, ट्वीटरमा एकछिन गाली गरेर ओभरनाइट परिबर्तन हुने सोच बचपना हो भने बिदेशमा बसेर पुरानो सोचलाई नै मलजल गर्नु हनुमानगिरी ।

 

देशको एक नेता अतिथीको लागि आफू बसोबास गरेको भूमीमा आउँदा सम्मान र स्वागत गर्नु आम नेपाली संस्कार हो । बरु यस्तो समृद्ध र सम्भ्रान्त समाजमा बसेर पनि गालीगलौज र हलुका टिप्पणी गरेर चर्चा बटुल्ने छोटो सोचाइ र प्रवृतिहरु गलत छन् ।

 

 

जस्तो बिकसित देशको राजनीतिक संस्कार र बिकास हाम्रो जस्तो अर्धशिक्षित समाज र अर्थतन्त्र अनि शिशु लोकतन्त्रसँग सोझै तुलना गरेर ‘यो भएन त्यो भएन’ भनेर नकारात्मक भावमात्र ओकली हिँड्ने अल्लारे बिज्ञहरुको नियतमा पनि उतिकै खोट देखिन्छ ।

 

अनावश्यक हनुमानगिरी र अनावश्यक नकारात्मक टिपणी दुवै निन्दनीय छन् । सक्रिय राजनीतिभन्दा समग्रता र परिस्थितिलाइ हेरेर विवेकी र रचनात्मक बनेर खराब संस्कार सुधार्ने अभियन्ता बन्दै युवा पुस्ताको अप्रतक्ष हस्तक्षेप आवश्यक छ ।

 

मैले बाबुराम भट्टराई आउँदा एलएससी र अक्सफोर्डमा अन्तरक्रिया राख्ने पहल गरँे । नेपालमा यस्तो स्तरका नेता रहेछन् भन्ने सन्देश, नेपालको शान्तिप्रक्रिया र बाबुरामको बुलेटदेखि ब्यालेटसम्मको कार्यदिशा बिश्वमा एक अध्यायनको बिषय भयो भने बाबुरामले स्वयम् रुपान्तरण र परिस्कृत हुनुपर्ने महसुस गर्ने काम अहिलेसम्म कुनै दलबाट बिदेशमा भएको थिएन । म एअरपोर्ट पनि गइनँ, दूतावासमा खुट्टा माड्न पुगिनँ । ‘जसले जहाँबाट सकिन्छ सहयोग गरौँ’ भनेँ । बरु अरुको कामको जस लिएर पद खाने ठुटे नेताहरु चिनेँ ।

 

नेतृत्व र नेता । हामी, हाम्रो समाज र समग्र चरित्र जस्तो छ त्यस्तै बन्ने हो । त्यो सुधार्न गाली होइन, रचनात्मक सहजकर्ता वा अभियन्ता बनेर आफैंबाट सुधारका पहल गर्ने हो । अनि नेतृत्वमा गराउने हो ।

 

अहिलेको भूमण्डलीय बिश्व अनि सामाजिक संजालले प्रतक्ष्य दखल राख्ने दुनियाँमा बिश्वको जुनसुकै कुनामा बसेपनि आफ्नो क्षेत्र र मातृभूमिको लागि अभियान चलाउन सजिलो छ । अझ परिस्कृत समाजमा बसेर त्यहाको सीप, ज्ञानलाई प्रसार गर्नु एउटा बिदेशमा बसेको नेपालीको कर्तब्य हो ।

 

निन्दा गर्नुपर्ने हनुमानगिरि र गाली पण्डित बन्ने प्रवृतिको हो । यहाँ बसेर परम्परागत सिको गर्नु र आफ्नो दल र नेता मात्र ठीक भन्ने अरु खत्तम भनेर झगडा गर्ने बैमनस्य राख्ने भन्दा रचनात्मक बिरोध, राम्रालाइ राम्रो नराम्रोलाई नराम्रो भन्ने आफूलाई लगेको सही संस्कार सुरुवात गर्ने अभियन्ता बन्दा काम नगरी गाली र उपदेशमा पुरुषार्थ देख्ने प्रवृत्तिका व्यक्तिहरुलाई पेट दुख्नु पर्ने कारण नहुनु पर्ने हो र दुखे पनि निरुत्साहित गरौं ।

 

(कार्की नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका उपाध्यक्ष हुन् ।)



    Your Comment

    थप समाचार

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    • 1 hour ago
    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    • 1 hour ago
    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    • 1 hour ago
    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।