Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनब्रेकअपको हल्लाबीच विजय–रश्मिका सँगै देखिए

ब्रेकअपको हल्लाबीच विजय–रश्मिका सँगै देखिए


एजेन्सी । साउथकी चर्चित अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा आफ्नो सम्बन्धका कारण चर्चामा छन् । केही दिनअघि उनीहरुको ब्रेकअपको खबर बाहिर आएको थियो तर यसैबीच सामाजिक सञ्जालमा रश्मिका र विजयको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुवै एक रेस्टुरेन्टभित्र देखिएका छन् ।

रश्मिका मन्दना र विजय देवरकोन्डा एकअर्कालाई डेट गरिरहेका छन् भन्ने हल्ला चलेको थियो । तर उनीहरु दुबैले सम्बन्धको हल्लाको पुष्टि वा खण्डन गरेका छैनन् ।

अहिले दुवैजना सँगै समय बिताएको देखिएका छन् । विजय र रश्मिकासँगै उनका केही साथीहरु पनि देखिएका छन् । सामाजिक सञ्जालमा यो भिडियो हेरेपछि फ्यानहरुले विभिन्न प्रतिक्रिया जनाएका छन् ।

रश्मिकाको नाम यसअघि तेलुगु स्टार श्रीनिवास बेल्लमकोन्डासँग जोडिएको थियो । त्यसपछि रश्मिका र साई श्रीनिवास मुम्बई एयरपोर्टमा सँगै देखिए । तर, पछि साईले एक अन्तर्वार्तामा यी अफवाहहरूलाई खारेज गर्दै आफू र रश्मिका असल साथी भएको बताएका थिए ।

साउथ अभिनेता रक्षित शेट्टीसँग रश्मिकाको इन्गेजमेन्ट टुटेको केही समयपछि रश्मिका र विजयले एकअर्कालाई डेट गर्न थाले । त्यो अवधिमा दुवैले गीता गोविन्दम (२०१८) र डियर कमरेड (२०१९) जस्ता फिल्महरू सँगै गरे । फिल्मको सुटिङका ​​क्रममा दुवै एकअर्काको नजिक आएका थिए । केही समय डेटिङ गरेपछि करिब २ वर्षअघि यी दुई अलग भएका थिए । तर, यो भिडियो हेर्दा उनीहरुबीच सबै ठीकठाक रहेको देखिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT