Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएपीएफले जित्यो प्रधानमन्त्री कप टी– २० महिला क्रिकेटको उपाधि

एपीएफले जित्यो प्रधानमन्त्री कप टी– २० महिला क्रिकेटको उपाधि


काठमाडौँ । विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी– २० महिला क्रिकेट २०८० को उपाधि जितेको छ । ओपनर इन्दू बर्माको ५३ रनको अर्धशतकप्रेरित टिम टिम एपीएफले उपाधि जितेको हो ।

बुधबार भएको फाइनल खेलमा साविक विजेता कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि रक्षा गरेको हो । एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रनमा समेटिएपछि एपीएफले ११ रनको जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

कोशीका लागि ओपनर तथा कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन् । ५८ बलमा ७ चौका र १ छक्का हिर्काएकी रुविना करुणा भण्डारीको बलमा आउट भइन् । त्यस्तै काजल श्रेष्ठले २२ तथा ओपनर अपुसरी बेगमले ८ रन थपिन् ।

बलिङतर्फ एपीएफकी सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोडेको थियो ।

उसका लागि ओपनर इन्दू बर्माले ५३ रनको अर्धशतक बनाइन् । २० औं ओभरको पहिलो बलमा अपुसरी बेगमको बलमा क्याच आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ६ चौका र १ छक्का हिर्काइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर १ रनमा आउट हुँदा रोमा थापाले १४ र ज्योति पाण्डेले २७ रन थपिन् । नेरी थापा र सोनु खड्का शून्य रनमा आउट हुँदा ममता चौधरी तीन रनमा आउट भइन् ।

बलिङतर्फ ह्याट्रिक गरेकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट चट्काइन् । त्यस्तै एलिसा खाडियाले २ विकेट लिँदा रुविना क्षेत्री र निशा साहले समान १ विकेट लिर्यन् । यस प्रतियोगीतामा एपीएफ हालसम्म अपराजित रहँदै उपाधि उचालेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT