देश (कविता)

जेनन नेपाल लामो समय मकवानपुरमा बसेर कविताकर्म गरेका कवि हुन् । चन्द्रपुर नगरपालिका–२, रौतहट स्थायी घर भएका कवि नेपाल हाल काठमाण्डौमा छन् । समाजका पात्र र तिनका मनोविज्ञानहरूलाई कवितामा उतार्दै हिँड्न रुचाउने कवि नेपालको ‘एस्ट्रेमा कविता’ नामक कविताकृति वि.सं. २०७१ सालमा प्रकाशित छ । सँझ्या साहित्य को नियमित कविता वाचन शृङ्खलामा आज भक्तपुरमा कविहरू विप्लव ढकाल र दिप्स शाहसँगै कविता वाचनको लागि उभिन लागेका कवि नेपालको देश शीर्षकको कविता नेपालीपत्रका पाठकहरूको लागि यहाँ प्रस्तुत गरेका छौं । –सम्पादक

 

#देश 

 

म नियती जाँच्दैछु
यो फलेकको
जो बर्षौदेखी यो पैनिमाथी तेर्सिरहेको छ
घरी पुल बनेर
घरी बल्छे माझिहरुको फिसिङ प्वाइन्ट
त घरी चर्पे ढुङ्गो

 

कहिलेकाहीँ देखेको हो
रोपार माझिनिहरुले
मेलो मैझारो गरेर
त्यही फलेक हुँदै जीवन ओसारेको
खोलाघरे रम्भे माझिले त्यही फलेकमा उभिएर
पैनिमा बल्छी थापेको

 

कुपोषित भुँडी भुन्टुङ्ग देखाएर
दनुवार गाउँका केटाकेटीहरुले
त्यही फलेकमा टुक्रुक्क बसेर दिसा गर्दै गरेको

 

आउने, जाने, तल्लो टोल, माथ्लो टोल
सबै सबैले त्यही फलेक तरेरै खेत खलियान भ्याएको

 

अनि देखेको हो
दाईजोमा नागरिकता पाएकाहरुले
त्यही फलेकलाई पुल बनाएर
सुदुर गाउँहरुमा सपनाको ललिपप बाँड्दै
छोरीहरुको मन भुटेको, तन लुटेको

 

धेरैपछी,
आज उभिएर
उही पैनिमाथी तेर्सिएको फलेकमा
आफैँले छोडिगएका पदचापहरु खोज्दै गर्दा
अचानक सम्झेँ
रोपार माझिनिहरु
खोलाघरे र दनुवार केटाकेटीहरु
अनि ति सप्पै
जो यही फलेक तरेर गए
कहाँँ कहाँँ पुगे
तर पैनिमाथी इतिहास बनेर यो फलेक अझै तेर्सिरहेछ

 

कैयौँ यात्राहरुको साक्षी यो
कनिके हाट भरेर फिरेका तरुनिका झोलाजस्तै
उही साबिक बाँचिरहेछ
पालेर आफैँ पुरिने गरी लेउ, ढुसी, अनि कात्ती
ठ्याक्कै मेरै देश जस्तो !



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।