पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

pic-rss.com

काठमाडौँ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।

 

तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उहाँको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

 

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए ।

 

गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

 

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।

 

समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए ।

 

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

 

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए ।

 

शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे ।

 

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो भनेका छन् । रासस



Your Comment

थप समाचार

एनआरएन यूकेको बुझबुझारथ कार्यक्रम सम्पन्न

  • 45 minutes ago
एनआरएन यूकेको बुझबुझारथ कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको नवनिर्वाचित र निवर्तमान कार्यसमितिबीचको बुझबुझारथ आइतबार सम्पन्न भयो । केन्द्रीय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा अल्डरसटमा सम

वरिष्ठ साहित्यकारहरुसंग लण्डनमा साहित्य चौतारीको अन्तरक्रिया

  • 57 minutes ago
वरिष्ठ साहित्यकारहरुसंग लण्डनमा साहित्य चौतारीको अन्तरक्रिया

कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपाने, बरिष्ठ कवि गोविन्द राज विनोदी तथा गजलकार रवि प्रान्जल तथा साहित्यकार घनेन्द्र न्यौपानेलाई सम्मान गर्दै साहित्यका विभिन्न विधामाथि छलफल गरिएको थि

दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय सात हजार डलर पुर्याउने एमाले उपाध्यक्ष गौतमको प्रतिवद्धता

  • 1 hour ago
दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय सात हजार डलर पुर्याउने एमाले उपाध्यक्ष गौतमको प्रतिवद्धता

घोराही, असोज ९ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अबको दश बर्षमा नेपालीको प्रतिव्यक्ति आय सात हजार डलससम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।नेपाली जनताले अग्रगमन खोजीमा रहेको बताउँदै गौ


Loading...

भिडियो

hamropatro

जीवनशैली

सजिलो छैन जापानी युवतीसँग बिहे गर्न, यस्ता छन् कारणहरु

सजिलो छैन जापानी युवतीसँग बिहे गर्न, यस्ता छन् कारणहरु

एजेन्सी । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ