Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थहुन्डाइको दशैं तिहार लक्षित योजना सार्वजनिक

हुन्डाइको दशैं तिहार लक्षित योजना सार्वजनिक


काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित फेष्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ।

नेपालका लागि हुन्डाइ गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १ जना भाग्यमानीले ‘हुन्डाइ एसयूभी’ लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने जनाएको छ।

हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाइ गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुटका र १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकको सन्तुष्टिका लागि हुन्डाइले समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आएको कम्पनीले जनाएको छ।

२१ भदौदेखि सुरु भएको हुन्डाइ फेष्टिभ डिलाइट २०८० योजनामा नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि उक्त योजनामा सहभागिता जनाउन सकनेछन्।

नाडा अटो शो २०२३ मा हुन्डाइको ‘बी ५’ स्टल भ्रमण गरेर हुन्डाइका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने जनाएको छ।

सबै हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ। उक्त योजना ३ मंसिरसम्म लागू हुने कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT