Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनआन्तरिक पर्यटकको गन्तव्य बन्दै रत्नेचौर

आन्तरिक पर्यटकको गन्तव्य बन्दै रत्नेचौर


गलेश्वर (म्याग्दी) । म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो ।

बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ ।

परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउँछन् । उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, तोरी र गहुँ झुलेर आकर्षक देखिने समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान र समथर खेतको बीच भागको सडक कालोपत्रे भएकाले पनि रत्नेचौरको रौनक झन बढेको छ ।

रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्ड कालोपत्रे गरिएको छ । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा कालोपत्रे सडकका साथै धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खला देखिने गरी तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर बेफुर्सदिलो बनेको छ ।

कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले समथरफाँटलाई प्राङ्गारिक कृषिफाँट बनाउन थालेका छन् । गाउँको फाँटमा रैथाने बालीको खेती गर्ने, होटल, रेष्टुराँ र होमस्टे (घरबास) विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूल सबैको घरको करेसाबारीमा लगाउने र पशुपालन गर्नेजस्ता कामको सुरुआत भइसकेको अगुवा खत्री बताउँछन् । त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।

“पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइन्थ्यो । रत्नेचौरबाट उत्तरतर्फ सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौँ गाउँबस्ती पहिले पनि देखिन्थे”, बेनी नेपाली कांग्रेस स्थानीय नेता नेत्रबहादुर महत भन्छन्, “यी दृश्य हेर्न पर्यटक पहिले आउँदैनथे । जब, फाँटको बीचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यममा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक बढ्यो ।”

“विसं २०७७ मा फाँटको सडक कालोपत्र भयो । बेनी–बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागतरूपमा गरिँदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो । प्रविधिको पहुँचसँगै फोटो र भिडियो सामाजिक सञ्जालमा देखिन थालेकाले विगत चार वर्षयता रत्नेचौर देश विदेशमा ‘भाइरल’ बन्यो” वडा नं १का वडाध्यक्ष टेकबहादुर थापा भन्छन् ।

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ । पर्यटकको वृद्धिसँगै यहाँ विकासका पूर्वाधार पनि थपिएका छन् । होटल र रेष्टुुराँ खुल्नाका साथै रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले यो क्षेत्र नयाँ गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।

धौलागिरि हिमाल देखिने गरी सडकमा उभिएर तोरीको पहेँलो र गहुँको हरियो दृश्यसहित तस्बीर खिच्न र भिडियो बनाउन यो याममा यहाँ दैनिक आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकको भीडले सडक खचाखच भरिने गरेको स्थानीयवासी बताउँछन् । पोखराको बिरौटाबाट चार साथीसहित रत्नेचौर आएका प्रविण शेरचन हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउँछन् ।

पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकसमेत आउन थालेका स्थानीय दिनेश बोगटीको भनाइ छ । उनका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ: मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

काठमाडाैँ । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

Techie IT