Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगैह्रीगाउँमा सामुहिक हत्या गर्ने भण्डारीलाई जन्कैदको माग गर्दै मुद्दा दर्ता

गैह्रीगाउँमा सामुहिक हत्या गर्ने भण्डारीलाई जन्कैदको माग गर्दै मुद्दा दर्ता


काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो।

सामुहिक हत्या अभियोगमा पक्राउ गरेका सञ्जय भण्डारीलाई क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा जीवित रहेसम्म कैदमा राख्न मागदाबी गरिएको छ।

२५ दिन लामो अनुसन्धानका क्रममा हत्या गरेर भाग्दै गरेको सीसीटीभी फुटेजदेखि संकलित अन्य अन्य प्रमाणहरु पेस गर्दै जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जसअनुसार प्रहरीले डीएनए (परीक्षण) समेत गराएर यो घटनामा थप प्रमाण जुटाएको छ।

‘सीसीटीभी फुटेज मात्रै होइन हामीले यो घटनामा डीएनए समेत गराएर पुष्टि गरेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौँका
प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने।

भण्डारीलाई पक्राउ गर्दा प्रहरीले उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी बरामद गरेको थियो। खुकुरीको बिडमा रगतको टाटा बाँकी नै थियो। रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी प्रतिवेदनमा उल्लेख गरेको छ।

अभियुक्तको टिसर्ट र पाइन्टमा भेटिएको रगतको टाटाको डीएनए पूर्णबहादुरको डीएनएसँग मेल खाएको प्रवक्ता ढुंगेलले जानकारी दिए।

घटनामा प्रहरीले पहिलोपटक ब्रेन म्यापिङ टेस्ट समेत गरेको थियो।भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित स्थापना गरेको ब्रेन म्यापिङ केन्द्रमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको थियो।

गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा ४ जनाको सामूहिक हत्या भएको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति ४ जनाको सामूहिक हत्या गरेर फरार भएका खुलेको थियो। परिसर काठमाडौँको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

६ जना एसएसपीको सरुवा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र

२८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न पाठ्यक्रमलाई समय…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७…

काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन् । उपत्यका

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार

Techie IT