IIMS College

ISMT

HUB Education

'म अमेरिकाको राष्ट्रपतिका रुपमा काम गरिरहनलाई महाअभियाेगले केही गर्ने वाला छैन'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ ।

 

शक्तिको दुरुपयोग गरेको आरोपमा उहाँका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो । तल्लो सदनमा दर्ता भएको सो प्रस्तावमाथि केही दिनदेखि छलफल भएको थियो । 

 

महाअभियोगको प्रस्तावमाथि तल्लो सदनमा बुधबार छलफल भएको थियो । सो छलफलपछि मतदान भएको थियो । सो मतदानमा महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत मात्रै परेको थियो । महाअभियोग पारित हुनका लागि २१६ मत आवश्यक थियो ।

 

तल्लो सदनबाट पारित भएको यस प्रस्ताव माथिल्लो सदनबाट पारित भएपछि मात्र उहाँमाथि महाअभियोग लाग्ने प्रावधान अमेरिकी संविधानमा छ । 

 

यो महाअभियोग प्रस्ताव दुवै सदनबाट पारित भएमा उहाँ पदमुक्त हुनुहुने प्रावधान सो संविधानमा रहेको छ । बुधबार भएको मतदानमा अधिकांश डेमोक्र्याट सांसदहरुले आरोपको पक्षमा र रिपब्लिकन सांसदहरूले उहाँमाथिको महाअभियोग प्रस्तावको आरोपको विपक्षमा मतदान गरेका थिए ।

 

अमेरिकी इतिहासमा महाअभियोग लगाउने प्रस्ताव गरिएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति बन्नु भएको छ । यसअघि डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रयु जोनसन एक मतले महाभियोगबाट बचेका थिए । 

 

त्यस समयमा उहाँले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद् (कँग्रेस) मा यो प्रस्तावको सामना गर्नुपरेको थियो । 

 

महाअभियोग प्रस्ताव अमेरिकी संविधानअनुसार सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो । तर अमेरिकी माथिल्लो सदनले पारित गरेपछि मात्र यो प्रस्ताव लागू हुने छ । 

 

तर पनि माथिल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । यसले गर्दा उहाँमाथिको यो महाअभियोग प्रस्ताव पारित हुनसक्ने सम्भावना भने कम देखिएको विश्लेषकहरुको भनाई छ । 

 

जोनसनमाथिको प्रस्ताव संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोग प्रस्ताव थियो । सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसद्को तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो । 

 

यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर एक महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोग प्रस्ताव पारितका लागि मतदानमा दुई तिहाइ पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो । 

 

त्यसैगरी रिपब्लिकन राष्ट्रपति रिचार्ड निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङ्टनस्थित वाटरगेट भवनमा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको भनी खोजी पत्रकारिताले पत्ता लगाएपछि उनीमाथि पनि महाअभियोगको प्रस्ताव आएको थियो ।

 

तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्था रहेकोले अन्तिममा आएर उनले राजीनामा दिएको र महाअभियोगबाट बचेका थिए ।

 

सन् १९९९ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो बयान दिएको आरोप लागेको थियो । 

 

तर क्लिन्टनको दलले उनीविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट बिदा भएका थिए ।

 

महाअभियोग अवैधानिक

 

यसैबीच आफूमाथि अमेरिकी संसदको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको समाचारको विरोध गरेका छन् । उनले यस प्रस्तावलाई अवैधानिक कार्यको संज्ञा पनि दिएका छन् । 

 

उनले यो प्रस्तावले आफूलाई केही नहुने बताएका छन् । उक्त प्रस्तावपछि उनले दिएको एक सार्वजनिक अभिव्यक्तिमा भनेका छन्– यसले मलाई केही हुनेवाला छैन, म अमेरिकाको राष्ट्रपतिका रुपमा काम गरिरहनलाई यसले केही गर्ने वाला पनि छैन । 

 

राष्ट्रपति ट्रम्पले आफूमाथि महाअभियोग लगाउने भनी काँग्रेसले अघि सारेको प्रस्तावदेखि नै यसको विरोध गरेका थिए । उनले यस कार्यलाई अवैधानिक काम भएको टिप्पणी गर्दै आएका थिए । 


थप समाचार

पर्यटकको पर्खाइमा ‘च्याङ्ग्रे पोखरी’

  • 2 minutes ago
पर्यटकको पर्खाइमा ‘च्याङ्ग्रे पोखरी’

भोजपुर । भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारको रुपमा विस्तार भएको छ । च्याङ्ग्रेबजारसँगै जोडिएर

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

  • 4 minutes ago
यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्

बिहे रोक्न माग गरेपछि...

  • 8 minutes ago
बिहे रोक्न माग गरेपछि...

भजनी । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।