Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालटेक्ससमा नेपाली युवाले १२ हप्तामा शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम गराउँदै

टेक्ससमा नेपाली युवाले १२ हप्तामा शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम गराउँदै


टेक्सस। अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका युवा नेपाली उत्सव सिंहले १२ हप्तामा शरीरको बोसो घटाउने र मांसपेशी बनाउने तालिम दिदै आएकोले इच्छुक सबैलाई अभिरुचि भएमा सम्पर्क गर्न आग्रह र आह्वान गरेका छन्।

मेहनत गरेमा र केही कुराहरुलाई लागू गरेमा शरीर स्वास्थ्य हुनुको साथै मांशपेशी बनाउन केही समय नलाग्ने उनले ईनेप्लिजलाई बताए। उनि पहिले आफ्नो शरीर आकर्षित र मांसपेशी सहित बनाई सकेका छन्। अब उनले युवाहरुले चाहना गरेमा र इच्छुक रहेमा आफूले व्यावसायिक रुपमा प्रशिक्षण दिने बताए।

उनले अगाडि भने बाह्य एवं आन्तरिक शारीरिक स्वस्थता र सबलताको मुख्य उपाय व्यायाम नै हो। स्ट्रेंथ, इम्यूनिटी र आरोग्यले व्यक्तिलाई फूर्तिलो,जाँगरिलो र आकर्षक बनाउदछ। चुस्त, स्वस्थ र सन्तुष्टले व्यक्तिमा उत्साह, साहस र आकांक्षा थपिन्छ। व्यक्ति ऊर्जावान बन्दछ। त्यसैले मस्सल एण्ड फिटनेस प्रति चेतना बढ्दो छ। समग्रमा वर्कआउट अपरिहार्य छ। अर्थात् त्यसको लागि शारीरिक कसरत र ब्यायाम गर्नु पर्ने कुरामा जोड दिए।

उनले अझै थप्दै भने चाहेको नतिजा पाउन अनुशासन अनिवार्य पालन गर्नु पर्दछ। अनुशासन पालना भनेको अठोट हो। यसको लागि आफ्नो कतिपय आनीबानी, खानपान लगाएत दैनिकीमा फेरबदल गर्नु पर्ने हुन्छ। संकल्प, अनुशासन र निरन्तरताबाट लक्षित उपलब्धि निश्चित छ।

अन्त्यमा उनले आफ्नो परिचय दिँदै आफ्नो नाम उत्सव सिंह हो भन्दै आफू मस्सल एण्ड फिटनेससंग सम्बन्धित छु। र नेचुरल बडीबिल्डिंग प्रतियोगिता सन् २०२१ मा मैले मिस्टर युएसएको उपाधि (आफ्नो तौल समूह) , प्रोकार्ड र स्वर्ण पदक समेत जितेको जानकारी गराएका छन्।

उनले प्रशिक्षण पनि दिदै आएका छन्। फिटनेस (सुगठन)को लक्ष्य प्राप्तिमा आफ्ना प्रशिक्षार्थीहरू सफल भएका छन र उनीहरु उत्साहित भएको जनाएका छन्। इच्छुक सबैको पहुँचमा आफु भएको बताउदै सिधै उनिसँग सम्पर्क गर्न सकिने उनले अनुरोध गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

६ जना एसएसपीको सरुवा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र

२८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न पाठ्यक्रमलाई समय…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७…

काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन् । उपत्यका

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार

Techie IT