विद्यार्थीहरुलाई राहत दिँदै अष्ट्रेलियाका विश्वविद्यालयहरू, कसैलाई नगद कसैलाई शुल्कमा छुट

सिड्नी । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरूले कठिन अवस्थाको सामना गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरस सङ्कटका कारण कठिन अवस्थामा रहेका अन्तर्राष्ट्रिय तथा स्थानीय दुवै किसिमका विद्यार्थीहरू सहयोग गर्नको लागि विश्वविद्यालयहरुले आपत्कालीन राहत कोष एवं खाद्यान्न ब्याङ्क स्थापना गरेका छन् ।

 

सहायतको लागि भिक्टोरियाको मोन्याश विश्वविद्यालयले डेढ करोड डलरको सहायता प्याकेज घोषणा गरेको छ जसबाट विद्यार्थीहरूले ७,५०० डलरसम्म सहायता रकम प्राप्त गर्न सक्ने बताइएको छ भने आपतकालिन अवस्थाका लागि उसले ५०० डलर तत्काल उपलब्ध हुने गरी व्यवस्था गरेको बताएको छ ।

 

त्यस्तै, भिक्टोरियाको फ्लिनडर्स विश्वविद्यालयले १.२५ करोड, आरएमआइटीले एक करोडको सहायता कोष खडा गरिसकेका छन्। वेस्टर्न सिड्नी विश्वविद्यालयले चाहिँ हाल अस्ट्रेलियामा नै रहेका आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शुल्कमा १० प्रतिशत छुट दिएको बताइसकेको छ।

 

भिक्टोरियाकै अर्को विश्वविद्यालय डीकिनले भने गएको एक हप्तामा मात्रै १,५०० विद्यार्थीहरूले सहायता रकम माग गरेकोमा ७०० भन्दा बढीको निवेदन स्वीकृत भैसकेको छ । मर्डक विश्वविद्यालयले खाँचै परेका विद्यार्थीहरूलाई एक हजार डलर ऋण सापटी दिने र थप दुई हजार डलरसम्मको अनुदान समेतको व्यवस्था गरेको छ ।


थप समाचार

ब्राजिलमा एकैदिन बढे १६ हजार बढी संक्रमित

  • 1 minute ago
ब्राजिलमा एकैदिन बढे १६ हजार बढी संक्रमित

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

विश्वभर झण्डै २३ लाख संक्रमितले कोरोना पराजित गरे

  • 8 minutes ago
विश्वभर झण्डै २३ लाख संक्रमितले कोरोना पराजित गरे

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

पर्याप्त समय नसुतेमा के हुन्छ ?

  • 25 minutes ago
पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।