सडकको आवाज सदनमा कहिले ?

Education Park

‘नेपाली हौं वीर झुक्दैन न यो शीर’ भन्ने गीत यता कतै गुञ्जदा पनि सुन्दा नै आनन्द आउने गर्छ । तर, नेपालीहरु आफ्नो दुःखलाई लुकाउन सकेसम्म नेपालीले नै दुःख भोगेर लुकाउन हामी सबै तयार हुन्छौं ।

 

जस्तोसुकै आपत विपतमा पनि हामीहरु आफु मरेर भए पनि यो देशको नामलाई जोगाई राख्न हामी एकजुट हुने गरेका छौं । शान्तिको देश वुद्धको जन्मभूमि भनेर विश्वव्यापी रुपमा चिनिने देश नेपाल आज नारीहरुलाई एउटा अस्थित्वबिहिन प्राणीको स्थानमा राखिएको छ ।

 

नारीलाई भ्रुणदेखि वृद्ध हुने बेलासम्म हेला गर्छन । यो समाजमा कहिले काही नारी भएर जन्मलिँदा हिन्नताबोध  हुने गर्दछ । नारी भएर यो धर्ती मातामा पाइला टेकेर भूल भएछ झैं लाग्छ ।

 

देशमा रात दिन नभनी यो देशलाई बढी नै माया गर्ने नारी र आमालाई हाम्रो देशमा किन दोस्रो दर्जामा राखिएको छ ? यो आम नारीहरुको आवाज हो । किन नारीको जताततै नारीको अस्थित्व मेटिने गरी हिंसात्मक गतिविधि बढ्दै गएका छन् ।

 

सरकार मात्रै हैन, नारीको लागि केही गर्छु भनेर पदमा आसीन महिला नै नारीको विषयमा मौन हुने गरेका छन् । नारी हरेक कुराहरुमा पछाडि पर्दासम्म किन कसैको आवाजलाई सडकदेखि सदनसम्म आउँदैन् । अब नारीको मर्म नारीले नै बुझ्ने कोशिस गरिदिनु पर्छ ।

 

नारीलाई पुज्ने हैन नारीको भावनालाई सम्मानका साथ बुझ्नु । नारीलाई अनुभूति हुने शान्ति सुरक्षा दिलाउन सक्नु पर्छ । नारीले पनि यो देशका निम्ति नाम, दाम दण्डभेद सबै कमाउन सक्ने हैसियत आजका दिनसम्म आउँदा गर्न सक्ने भएका छन् । तर के गर्नु ?

 

समाजमा बस्ने नै मानव नामदा कु–कर्मबाट ख्याति कमाउन जागरुक भएका दानब जातिले नारीको सम्पूर्ण अस्थित्वमा दाग लगाउन मात्रै हैन नारीको ज्यानसम्म पनि लिनपछि परेका  छैनन् । यो समाज पहिला भन्दा धेरै नै अग्रसर र शिक्षित बनीसकेको छ । तर यहाँ बस्ने मानिसहरुको सोच भने एकदमै संकुचित नै हुने गरेको छ  ।

 

समाजमा अब नारी भनेर पहिला जस्तै नारीले मात्रै नारीको काम वा घर धन्दा चुलोचौका र घाँसदाउरा र मेलापात गर्ने मात्रै नारीको काम हो भनेर यसरी सोच्नु नै हाम्रो कम्जोरी हो । नारी पुरुष बराबरी भनेर हामीले विभिन्न पुस्तकमा लामो समय देखि नै अध्ययन गरेरआई रहेका छौं ।

 

ज्ञानका कुराहरुलाई अब त व्यवहारमा पनि ल्याउन प्रयास गरिरहेका कुरा हामी सबैलाई दैनिक कृयाकलाप गर्दा थाहा नै भएको छ । यस्ता कुरा थाहा हुदाँहुदै पनि नेपालीको बानी खाली सैद्धान्तिप्रति विश्वास गर्ने मुल आधार लाग्ने गर्छ । परिवर्तन त स्वंय आफूबाट नै हुनुपर्छ ।

 

यहाँ पञ्चायत काल देखिका नारीलाई गरिने भेदभावको हिसाव किताव हेर्ने हो भने त्यो स्थितिबाट यो स्थितिसम्म आउँदा त आकाश पत्तालकै फरक मान्नु पर्छ  । नेपालीको बानी केही भएन भनेर खाली गुणासो मात्रै गर्दै हिंड्छौं ।

 

अब हामी आफैले पनि केही गर्नुपर्छ, भन्ने सोच राखेर अघि बढ्नुपर्छ भनेर अघी बढ्नु पर्ने आजको आवश्यकता हो । नारी हो यो समाजमा सुरक्षाको हिसावले पुरुषको तुलनामा एकदमै कम्जोर वर्गमा परेका छौं । हामीहरुलाई कमजोर पुरुषहरुले बनाएका हैन ।

 

यो समाजमा सोच्नसक्ने क्षमता नभएका कमजोर मानिसका नाम गरेर परिचित दानवहरुले नारीको जीवनमाथि खेलवाड गरेर यो समाजमा नारीलाई शिकार बनाई रहेका छन् । अब त्यस्ता शिकार गर्ने मानिसहरुको जालमा नफस्ने वातावरण बनाउन सम्पूर्ण नारी र पुरुषहरु एक हुनुपर्छ ।

 

कुनै पनि नारी जो कोहीबाट सुरक्षित हुनन् भने त्यस्ता कु–कर्म गर्न दुश्प्रयास गर्ने दावनलाई नातावाद, कृपावादले ढाकछोप नगरौं यस्तो ढाकछोप गर्ने कृयाकलापले नै नारी माथिको धेरै अस्मिता लुटिरहेका छन् ।

 

आजका दिनसम्म पनि पुरुषका तुलनामा कमै मात्रमा पद र प्रतिष्ठामा आसीन हुनुहुन्छ । सडकका नारीका आवाजलाई सदनसम्म पुर्याउने हैसियत त्यति सुधारिएको छैन् । त्यहि भएर पनि नारीको आवाज सदनमा ओझेलमा पर्ने गरेको छ ।

 

जो जति नारी उच्च पदमा पुगेको भए पनि नारीहरुलाई पुरुष प्रदान देशको नै हालिमुहाली अझै पनि चलेकोले आवाजलाई स्वतन्त्र रुपमा प्रस्फुटन गर्न मनाही नै जस्तो छ ।

 

पुरुषले भनेको मात्रै चल्ने नारीको चाहि केहि पनि सबैको माझ समस्या राख्दा पनि सुनुवाइ नै नहुँने चलन अझै पनि व्यापक रुपमा चलि नै रहेको छ । नारीलाई भन्ने गरिन्छ नारी बोल्न नै सक्दैनन् नारी कहाँ गएर बोल्ने त ? केही अलि कति धेरै बोल्यो भने उख्खान टुक्का जोडिदिन्छन, ‘पोथी बासेको अशुभ हुन्छ’ हो ।

 

यस्तै अन्धभक्ताहरुले गर्दा त नारीलाई विभिन्न किसिमबाट हिंसामा पारिन्छन त के गर्नु यो समाजले नारीलाई दबाउने किसिमका मात्रै संस्कृतिको पनि व्यवस्था गरेको छ । अब यस्ता विभिन्न संस्कृतिलाई हटाउने मानसिकता हैन, तर नारीलाई कुनै कुरामा पछाडि बनाइने खालका र नारीलाई सुरक्षा परिधि भन्दा बाहिर राखेर वनाइएका सम्पूर्ण संकृतिलाई हामीले त्यस्को जरो नै फाल्ने गरिने खालका काम गरिनु पर्छ ।

 

नारीका विषयमा संविधानका ठेलीमा पनि राम्रा राम्रा सकारात्मक कुराहरु ती हातहरुले कम्पन गर्दै लेख्नु भएको त छ नी ! तर विडम्वना के छ, भने त्यही ठेलीमा भएका कुराहरुलाई नारी माथि जताततै हिंसा हुँदा ठेली पल्टाएर कारवाही गर्न सक्नु भएन ।

 

हो यो हामी सम्पूर्ण नारीहरुको गुणासो हो, संविधानका पानाहरुमा सजाउने पुस्तकालयमा सजाउने र नारीलाई अब सैद्धान्तिक रुपमा सुरक्षित बनाउने प्रयास नगर्नु होला । नारीलाई व्यवहारिक रुपमा सुरक्षित बनाईनुपर्छ ।

 

नारीलाई अबका दिनमा ती संविधानका धारा र उपधारा कोर्ने कलम समाउने अधिकारदेखि सामान्य पुरुष जती बोल्न सक्ने अधिकार दिएपछि मात्रै पनि नारीहरु माथि त्यत्रो हिंसाको सिकार बन्नु पर्दैन थियो ।

 

नारीलाई नारीको रुपधारण गरेर सुरक्षाको तवरमा सुरक्षाको व्यवस्था दिन सक्ने आत्मादेखि नै नारी माथि सम्मान व्यवहार दिन सक्ने प्रावधान मिलाउन सक्नुपर्छ । नारीले आफू सुरक्षित छु, भन्ने भरोसा गर्न सक्ने वातारण हुन्छ ।

 

सम्मान  सैद्धान्तिक हैन नारीलाई व्यवहारिक चाहिएको छ । नारीलाई पनि सुरक्षित हुने खालको वातावरण सृजना गरी समृद्ध देश बनाउनका निम्ति सबै जना एकजुट हुन आह्यन पनि हामी नारीहरुले गर्छौं ।

 

सबै यो समाजमा बसोवास गर्ने मानिसहरुले सकरात्मक सोच वनाएर सबैका लागि सुरक्षा भन्ने मूल नारालाई आत्मासाथ गरी अगाडि बढेमा नारीलाई “खै त सुरक्षा ?  खै त अधिकार ?’ भनेर सडक र सदनमा आवाज निकालनु पर्दैन  थियो । साथै नारी हुँ भनेर विभिन्न किसिमका तनावपूर्ण वातावरणमा ज्यूँनु पर्ने अवस्था आउने थिएन ।

 

त्यसैले सभ्य र भव्य समाज निर्माणका लागि हामी “आधा आकाश नारी, आधा आकाश पुरुष’ भन्ने वाक्यांशलाई सार्थकता दिन आफ्ना आफ्नो स्थानबाट जसरी सकरात्मक कुराहरुको बढी आगमण गर्न सकिन्छ । अब नकारात्मक कुराहरु गर्न वन्देज गरौं ।

 

सकारात्मक काम र कुराको व्यापक व्यवहारमा ल्याउने कोशिस गर्नु पर्छ । नारीहरुलाई समाजमा सकारात्मक र रचनात्मक काम गर्न अवसर दिनु पर्छ । अनि मात्र यो समृद्ध समाजको अवधारणालाई व्यवहारिक रुपमा अनुभव गर्न सकिन्छ । देशलाई सभ्य वातारण बनाउन र बिभिन्न खालका बिकासका कामहरुलाई गति लिन दिन महिलाको विशेष भूमिका रहने गर्दछ ।

 

समाज परिवर्तन गर्ने नै हो, भने नारीलाई पनि पुरुष बराबरी स्थान दिइएर कामहरुमा सक्रृया बनाउन सक्नु पर्छ । अबका दिनहरुमा नारीहरुलाई अधिकारको नाम र सुरक्षाको नाममा सडक र सदनमा भिख माग्ने भिखारी नवनाइदिइयोस् । नेपाल की छोरी नेपाली हुँ भनेर जुनसुकै स्थानमा पनि उच्च शिर बनाएर हिड्न सक्ने छोरी बन्न  चौतर्फि सकारात्मक सन्देश दिन सकौं, सिकौं र सिकाऔं ।       


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 13 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।