Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘खल्ती पेमेन्ट गेटवे’ सेवा मार्फत ५ हजार भन्दा बढी व्यवसायी लाभान्वित

‘खल्ती पेमेन्ट गेटवे’ सेवा मार्फत ५ हजार भन्दा बढी व्यवसायी लाभान्वित


काठमाडौँ । ‘खल्ती’ ले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। यस सुविधा अन्तर्गत हाल ५०००+ व्यवसायीहरूले लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले ‘स्मार्ट उद्यमी’ अफर उपलब्ध गराएको जनाएको छ।

यस सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहक बर्ग बाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा API शुल्कमा 100% मनी ब्याक प्राप्त गर्नेछन्। यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पाउनेछन्।

डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालित हुने ‘स्मार्ट उद्यमी’ अफर अन्तर्गत खल्तीसँग साइन अप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै API शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त खल्तीको SDK/API मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको इ बैङ्किङ, मोबाइल बैङ्किङ, एस. सी. टी / भिसा / मास्टर कार्ड, कनेक्ट आई. पी. एस मार्फत सरल तरिकाले भुक्तानी लिन सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ खल्ती पेमेन्ट गेटवे अन्तर्गत हामीले हाल ५०००+ साना तथा मझौला व्यवसायीहरूलाई डिजिटलाइजेसन सेवा प्रदान गर्दै सरल र सुरक्षित रूपमा भुक्तानी सङ्कलन गर्ने डिजिटलाइजेसन प्रक्रिया प्रदान गर्दै आईरहेका छौं। यस अफर अन्तर्गत अझै धेरै भन्दा धेरै व्यवसायीलाई आफ्नो व्यवसायमा डिजिटल रूपमा कारोबार गर्न कुरामा हामी विश्वस्त छौँ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT