News | Tag: सभामुख

आज प्रतिनिधिसभाको बैठक बस्दै

1 month ago

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आइतबारको बैठकमा गणपुरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो १ बजेको लागि बैठक डाकेका हुन् । आजको बैठकमा सभामुख सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नेछन् ।

प्रजातन्त्र दिवसको अवसरमा सभामुखद्वारा शुभकामना

1 month ago

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधासभामार्फत जारी संविधानले प्रदत्त गरेका मौलिक हक तथा अन्य व्यवस्थाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

महरालाई डिल्लीबजार कारागारबाहिर भब्य स्वागत

1 month ago

काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ । सोमबार जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहर भएका महराको रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।

महराविरुद्धको मुद्दाको फैसला आज

1 month ago

काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दाको कारण प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको मुद्दाको फैसला आज हुने भएको छ । आइतबार जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले फैसला तयार भइनसकेको भन्दै सारेका थिए । आइतबार नै महराका पक्षका आठ जना वकिलले बहस सकेरका थिए । तर, अन्तिम समयमा फैसला रोकिएको थियो ।

पदभार ग्रहणलगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट

2 months ago

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेट भएको छ । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेकी हुन् ।

एमसीसी तत्काल अघि नबढाउने सभामुख सापकोटाको संकेत

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा तत्काल अघि नबढाउने संकेत गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पश्चात् पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटाले एमसीसीलाई लिएर बहस छेडिएको भन्दै यसमा हतार गर्नु नपर्ने बताए ।

सभामुख सापकोटाले लिए पद तथा गोपनियताको सपथ

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख सापकोटाले राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन भएको घोषणा

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई सभामुख पदमा निर्विरोध चयन भएको घोषणा गरेको हो ।

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित, सभामुख बन्न बाटो खुल्यो

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा अदालतमा परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रनिनिधिसभाको सभामुख पदमा निर्वाचित हुने प्रक्रियामा रहेका सापकोटोविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार रिट दायर गरेका थिए । त्रिपाठीको रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो ।

अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर, सभामुख चयन प्रक्रिया स्थगित गर्न माग

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने प्रक्रिया स्थगित गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सापकोटाले गत मंगलबार सत्तारुढ नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेका थिए ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।