गृहपृष्ठ ∕
UK ∕
जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित
लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए। उनै रानाभाटले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्।
निर्वाचित रानाभाटले बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा उपमेयरको शपथ लिँदै औपचारिक पदभार समेत ग्रहण गरेका छन्। बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए।
रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस)का अध्यक्ष समेत रहेका रानाभाटले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एशोसिएसन यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।उनले एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने
लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ