Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्

निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्


काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका छन्।

नेपाली उपभोक्तालाई सस्तोमा सेवा दिने वाचा गर्दा पनि नेपाली कम्पनीलाई अनुमति दिन रोक्नेहरूले नै अहिले एनसेल काण्ड चलाइरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले नेपालको टेलिकम क्षेत्रमा माफियाहरूलाई जनताले राम्रैसँग चिन्न पाएको उल्लेख गरेका छन्।

सीजी टेलिकमविरुद्धको षड्यन्त्रबारे लामो समयपछि मुख खोल्दै चौधरीले नेपालमा १० वर्षदेखि नेपाली लगानीका टेलिकमलाई स्थापित हुनबाट रोक्ने गिरोह नै एनसेल काण्डमा संलग्न रहेको दाबी गरेका छन्।

सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क दिएर डाटामा ५० प्रतिशत सस्तो उपलब्ध गराउने वाचा गर्न पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको बताएका छन्।

‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो। एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्। आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,’ चौधरीको सामाजिक संजालमा उल्लेख छ।

अहिले एनसेल काण्डमा रहेकाहरू नै सीजीलाई रोक्न विगत दश वर्षदेखि लागिपरेको उनले बताएका छन्। सीजी टेलिकमले लाइसेन्स लिनका लागि वर्षौंदेखि प्रयास गर्दापनि सफल भएको छैन।

ग्रामीण दूरसञ्चारको लाइसेन्स भएको सीजीले अनुमति पाएको छैन। विधि र प्रक्रिया नमिलेको भन्दै सरकारले सीजीलाई लाइसेन्स दिएको छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाडाैँ । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा

अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले

सबैभन्दा धेरैं रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक सम्मानित भएको

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौँ । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी बढेसँगै एयर कुलरहरूको माग बढ्न

सुनको मूल्य एकैदिन २ हजार ७०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २ हजार ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

Techie IT