Techie IT
२०८३ असार ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो

दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो ।

पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा रहेका पशुलाई निःशुल्क खोप लगाएको पशु सेवा शाखा कार्यालयका प्रमुख लेखनाथ अर्यालले बताए ।

नगरपालिकामा एकसय ५० भन्दा बढी पशुमा यो रोग देखा परेको छ । “गाईभैँसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुमा सर्न नदिन पहिलो चरणमा व्यावसायिक फर्म तथा अन्य ठाउँका पशुलाई दुई हजार खोप खरिद गरी लगाएका हौँ” उनले भने, “जहाँ जहाँ सङ्क्रमित पशुको स्ख्या धेरै छ ती ठाउँमा निःशुल्क खोप लगाएका छौँ, सङ्क्रमणको अवस्था हेरेर खोप अभियान चलाउने नचलाउने निर्णय गछौँ।”

व्यावसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभइसकेका पशुमा निरन्तर खोप लगाइएको छ । नगरभित्र हाल १२ हजार ९९ गाईभैँसी र गोरु छन् । फागुनको अन्तिम साताखेखि देखिएको यो सङ्क्रमणबाट सुरुकै अवस्थामा १० वटा पशु मरेका थिए ।

नगरपालिकाले यो रोग रोकथाम तथा नियन्त्रण गर्न स्थानीय रेडियो तथा पत्रपत्रिकाका साथै सामाजिक सञ्जाल प्रयोग गरी जनचेतनामूलक सन्देश प्रशारण तथा प्रकाशन गरेको छ ।“यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लाग्ने रोग हो” प्रमुख अर्यालले भने, “यो रोग भैँसीभन्दा पनि बढी गाईगोरुमा लाग्ने गर्दछ ।”

लम्पी स्किन रोग लागेका पशुले कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज निकाल्ने, शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौडामा गिर्खा देखिन्छ । पशुमा एक सय चार फरेनहाइट भन्दामाथि उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षण लम्पीस्किनका हुन् ।

“यो रोग लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट पनि एकबाट अर्कोमा सर्न सक्छ” उनले भने, “सङ्क्रमित गाईभैँसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाईभैँसी र स्वस्थ गाईभैँसीलाई उपचारको क्रममा एउटै सुई प्रयोगबाट पनि सर्न सक्ने भएकाले विशेष सावधानी अपानाउनुपर्छ ।”

यो रोगको ठोस् उपचार नभएकाले खोपलाई नै विकल्पकोरुपमा प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए । बिरामी पशुलाई अरु पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दूरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टेलगायत परजीवी नियन्त्रण गर्नुपर्ने, गोठ वरिपरिको सरसफाइमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्नेमा उहाँले जानकारी गराए । पशु सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने पछिल्लो समय घट्दै गएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT