Techie IT
२०८० असोज ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वसामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड


एजेन्सी । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो ।

अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले एएफपीलाई बताएका हुन् ।

यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेका छन् । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएकामा छन् ।

सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । दश जनाभन्दा कम ‘फलोवर्स’ भएका अलघामदीलाई प्राणदण्डको घोषणा भएकामा मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारलको आलोचना गरेका छन् ।

मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मि व्यक्तिहरूको समर्थन गरेका थिए ।

साउदी सरकार मृत्युदण्डका कारण अन्तरराष्ट्रिय जगत्मा बारम्बार आलोचनाको पात्र बनेको छ । खेपिरहेको छ, गत वर्ष एक सय ७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ ।

साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकाका ३० जना डाक्टरद्वारा ४६ वर्षका अधबैंसेलाई १८ वर्षको युवामा…

एजेन्सी । युवावस्था कसलाई मन पर्दैन र ? कोही पनि आफूलाई बूढो भएको हेर्न चाहँदैनन्। तर संसारमा अहिलेसम्म त्यस्तो कुनै

रुसले अमेरिका र पश्चिमा देशहरुलाई लगायो यस्तो आरोप !

एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यसैबीच रुसले युक्रेन र युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी देशहरूमाथि ठूलो

के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा…

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘सेप्टेम्बर प्लान’ सार्वजनिक भएको छ । यसै महिना पुटिनले युक्रेनको राजधानी किभ कब्जा गर्ने

चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता

एजेन्सी । चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको

रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?

एजेन्सी । हिन्दू धर्ममा रुद्राक्षको ठूलो महत्व छ । रुद्राक्षलाई शिवबाट प्राप्त वरदान मानिन्छ । जसलाई भगवान शिवले संसारका भौतिक

शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ?

एजेन्सी । शरीरमा कोठी हुनु सामान्य कुरा हो । तर समुद्रशास्त्रका अनुसार शरीरमा हुने कोठीको विशेष अर्थ हुन्छ । यसले

Techie IT