नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । विस्तृतमा


साहित्यकार भण्डारीको निधन

साहित्यकार भण्डारीको निधन

काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण निधन भएको छ । उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार बिहान ११ः३० बजे निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित थिए ।

सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

काठमाडौँ । ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक थिमिमा लोकार्पण गरिएको छ ।

विश्व आकासमा कहाँनिर छ, नेपाली साहित्य ?

विश्व आकासमा कहाँनिर छ, नेपाली साहित्य ?

धनगढी । विश्वभरि छरिएर रहेका नेपाली साहित्यकार, लेखक र कविले विभिन्न विधामा कलम चलाइरहेको सन्दर्भमा ‘विश्व आकासमा कहाँनिर छ, नेपाली साहित्य ?’ शीर्षकमा महोत्सवको अर्को सत्रमा बहस अन्तरसंवाद गरिएको छ ।

‘प्रियसँगको यात्रा’ माथि परिचर्चा

‘प्रियसँगको यात्रा’ माथि परिचर्चा

साहित्यकार रञ्जु दाहालको नियात्रासङ्ग्रह ‘प्रियसँगको यात्रा’ को दोस्रो संस्करणमाथि आज परिचर्चा गरिएको छ ।

लेखक माङलाक तथा साहित्यकार निर्दोशी पुरस्कृत

लेखक माङलाक तथा साहित्यकार निर्दोशी पुरस्कृत

पाँचथर । समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गरेको छ । फाउण्डेशनले बुधबार फदिममा एक कार्यक्रमको आयोजना गरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ का लेखक राज माङलाकलाई पुरस्कृत र हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ निवासी विद्या ओझा निर्दोशीलाई सम्मानित गरेको हो ।

कविताः आधुनिकता

कविताः आधुनिकता

गाउँघरको बस्ती अब शहरतिर लाग्यो जन्मिएको घरगाउँ आज नौलो लाग्यो । मकै, रोटी, ढिँडो, पुवा गाउँ छोडी भाग्यो पत्रु खाना पकेटहरू आज अघि लाग्यो ।

जबेगुको ‘साप्थबा’ सार्जजानिक

जबेगुको ‘साप्थबा’ सार्जजानिक

ललितपुर । पूर्व पशुपंक्षी विकास मन्त्री श्रीप्रसाद जबेगुद्वारा लिखित ‘साप्थबा’ (लेखिराखेको) नामक कथासङ्ग्रह सार्वजानिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, याक्थुङ लेखक सङ्घका केन्द्रीय सदस्य सागर केरुङ र रचनाकार जबेगुले शनिबार आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजानिक गरे ।

विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति ज्ञानीमैयाको निधन

विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति ज्ञानीमैयाको निधन

तुलसीपुर । विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो । उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति थिइन् ।

गोकर्णेश्वर नगरपालिकाले कविता प्रतियोगिता महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाले कविता प्रतियोगिता महोत्सव गर्ने

काठमाडौँ । नेपाल भ्रमण वर्षका अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता प्रतियोगिता महोत्सव आयोजना गर्ने भएको छ । फागुन १६ गते आयोजना गरिने प्रतियोगितामा भाग लिन इच्छुक कवि एवं कवयित्रीलाई माघ मसान्तभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा कविता बुझाउन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गोकर्णेश्वर नगरक्षेत्र पहिल्यैदेखि साहित्यिक केन्द्र भएकाले २६ पुरस्कार दिने गरी प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

‘घीउचाकु र तरुलसँग कविता’

‘घीउचाकु र तरुलसँग कविता’

प्रस्तुत कवितांश करीब दुई दशक अनवरत साहित्यिक गतिविधिमा सक्रिय कवि लक्ष्मण थापाले माघे सङ्क्रान्तिको दिन बुधबार पोखरामा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेका हुन् । पोखेरेली साहित्यकारको पुछारसिटे अभियानद्वारा सञ्चालित एकल वाचनको पाँचौँ शृङ्खलाअन्तर्गत ‘घीउचाकु र तरुलसँग कविता’ नाम दिइएको कार्यक्रममा थापाले देशभक्तिले ओतप्रोत कविता मात्रै गाउनुभएन प्रेमालापदेखि देशका विकृति विसङ्गति समेतलाई रचनामा व्यङ्ग गर्दै उतारे ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।