सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


देशभर मनसुन सक्रियः पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रियः पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

एजेन्सी । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

देशी तथा विदेशी पर्यटहरुको प्रमुख गन्तव्य बन्दै रुपाकोट रिसोर्ट

देशी तथा विदेशी पर्यटहरुको प्रमुख गन्तव्य बन्दै रुपाकोट रिसोर्ट

कास्की । पछिल्लो समय पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ रुपाकोट रिसोर्ट । प्रत्येक वर्ष विश्वका कुनाकुनाबाट यस ठाउँमा पर्यटहरु आउने गरेका छन् ।

पोखरा घुम्न जानेकी !

पोखरा घुम्न जानेकी !

पोखरा । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् ।

बारको नयाँ नेतृत्वका लागि मतदान शुरु– अध्यक्षमा जगदिश घिमिरे र कुमार आचार्यबीच प्रतिस्पर्धा हुँदै

बारको नयाँ नेतृत्वका लागि मतदान शुरु– अध्यक्षमा जगदिश घिमिरे र कुमार आचार्यबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ– कोटेश्वरदेखि कलङ्कीसम्म १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ– कोटेश्वरदेखि कलङ्कीसम्म १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए ।

बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन रामपुरमा हुने

बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन रामपुरमा हुने

चितवन । बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

विहानै मापसे गरी कार चलाउँदा दुर्घटना, चालक श्रेष्ठ सामान्य घाइते

विहानै मापसे गरी कार चलाउँदा दुर्घटना, चालक श्रेष्ठ सामान्य घाइते

काठमाडौं । शनिबार बिहान करिब ६ बजेको समयमा काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार दुर्घटनामा परेको हो । यस दुर्घटनामा परी चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार अन्य मानविय क्षति भने भएको छैन ।

लाभग्राहीमा नपरेका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

लाभग्राहीमा नपरेका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

दमौली । भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

इलाममा ५२ चिया उद्याेग बन्द

इलाममा ५२ चिया उद्याेग बन्द

इलाम । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।

पोखरा महानगरपालिकामा लगाइएकाे ताला खाेलियाे

पोखरा महानगरपालिकामा लगाइएकाे ताला खाेलियाे

कास्की । पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।