नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

काठमाडौँ। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो। भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई) –२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा परेको हो। विस्तृतमा


खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्दै शिक्षामन्त्रीमन्त्री पोखरेल

खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्दै शिक्षामन्त्रीमन्त्री पोखरेल

काठमाडौं । काठमाडौँको कीर्तिपुरस्थित विश्वविद्यालयको परिसरबाट बिहीबार खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल ।

विविधताबीचको एकता साझा पहिचान : उपराष्ट्रपति

विविधताबीचको एकता साझा पहिचान : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताएका छन् । राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक परम्पराका साथै मिश्रित बसोबास रहेको बताउँदै विविधतायुक्त चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाली समाजमा रहेका फरक–फरक जाति र संस्कृतिले हाम्रो भातृत्व कायम राख्ने उनको भनाइ थियो ।

कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुने मन्त्री ज्ञवालीको भनाइ

कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुने मन्त्री ज्ञवालीको भनाइ

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए ।

‘तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फुफु गर्छ भने झैँ आशङ्का गरिएको छ’

‘तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फुफु गर्छ भने झैँ आशङ्का गरिएको छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले उक्त सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तरर्राष्ट्रिय जगतमा मुलुकका छविलाई विश्वसनीय बनाउनसमेत यसलाई अनुमोदन गर्नुको विकल्प नभएको जिकिर गरे ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ ।

निर्वाचनमा भाग लिने दललाई निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

निर्वाचनमा भाग लिने दललाई निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ । आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टी पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।

छाउगोठ नष्ट गर्न गृह मन्त्रालयको निर्देशन

छाउगोठ नष्ट गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउ गोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न स्थानमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको छ । छाउपडी प्रथालाई निरन्तरता दिनेहरुमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा) रोक्का गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।

कैलालीको घोडाघोडीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

कैलालीको घोडाघोडीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त

मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताएका छन् । इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पु¥याउनुपर्छ भने ।

सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाका सन्दर्भमा टकराव छैन : शिक्षामन्त्री

सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाका सन्दर्भमा टकराव छैन : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि तीन विधेयकको तयारी भएको जानकारी उनले दिए ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।