राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । विस्तृतमा


संविधान दिवसः काठमाडौँ महानगर झिलिमिली बन्ने

संविधान दिवसः काठमाडौँ महानगर झिलिमिली बन्ने

काठमाडौं । काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ ।

एकता हुन नदिने प्रवृति नै अन्तरघातः सभापति देउवा

एकता हुन नदिने प्रवृति नै अन्तरघातः सभापति देउवा

नेपालगञ्ज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

काठमाडौं । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

घटनाकाे वास्तविकता नै नबुझि उजुरी हालियाे : छविलाल पाैडेल

घटनाकाे वास्तविकता नै नबुझि उजुरी हालियाे : छविलाल पाैडेल

काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा अदालतबाट सफाई पाएको छविलाल पौडेलले घटनाका पीडितहरूले घटनाको वास्तविकता नै नबुझि आफुविरूद्ध उजुरी हालेको बताएका छन् । डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहा भएका पौडेलले कृष्णप्रसाद आफ्नै विद्यार्थी भएको बताउँदै आफुविरुद्ध हालेको उजुरीले स्वयं पीडितलाई पछुतो हुने बताए ।

उमेर हदले नेवि सङ्घमा विवाद

उमेर हदले नेवि सङ्घमा विवाद

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो । निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिए ।

अदालतबाटै प्रकाण्डकाे चेतावनी : सरकारले यसकाे मूल्य चुकाउनु पर्छ

अदालतबाटै प्रकाण्डकाे चेतावनी : सरकारले यसकाे मूल्य चुकाउनु पर्छ

काठमाडौं । अदालतको रिहा आदेशका बाबजूद पटक–पटक पक्राउ पर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनताका दाङमा भएको बम विस्फोटको घटनामा मुद्दा चलाउन दाङ ल्याइएका प्रकाण्डले अदालतमा चै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारले आफुमाथि राजनैतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताएका हुन् ।

प्रकाण्डमाथि कर्तव्य ज्यान मुद्दा, अधिवक्ता भन्छन् : प्रमाणित गर्ने अाधार छैन

प्रकाण्डमाथि कर्तव्य ज्यान मुद्दा, अधिवक्ता भन्छन् : प्रमाणित गर्ने अाधार छैन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि जिल्ला अदालत दाङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । शुक्रबार साँझ दाङ ल्याइएका प्रकाण्डको डायरीमा बम विस्फोटबारे लेखिएको भेटिएपछि उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको अधिवक्ता प्रदीप गौतमले बताए ।

स्वदेश फर्केपछि प्रचण्डले भने : भ्रमण सफल भयाे

स्वदेश फर्केपछि प्रचण्डले भने : भ्रमण सफल भयाे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण सफल भएको बताएका छन् । चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।’

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकी नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्धमा थप उचाइ दिएको बताए ।

प्रकाण्डलाई अदालतबाट सात दिनको म्याद थप

प्रकाण्डलाई अदालतबाट सात दिनको म्याद थप

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि थप अनुसन्धानका लागि र सरकारी वकिल कार्यालयमार्फत आज दाङ देउखुरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरेको हो । गएको शुक्रबार भोजपुरबाट दाङ ल्याईएका प्रकाण्ड अनुसन्धनका लागि पहिलोपटक ७ दिने म्याद अदालतबाट थप गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिएका छन् ।

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।