प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।
विस्तृतमा
विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

सोलुखुम्बु । ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु भएको छ । पासाङल्हामु गाउँपालिका– ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको हो ।
मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

मनाङ । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।
बहराइनका राजकुमारद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ । बहराइनका राजकुमारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको ‘रोयल गार्ड’ टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको हो ।
अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।
सुनसान फेवाताल

पोखरा । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि प्रशासनले केही दिनदेखि जारी गरेको निषेधाज्ञाका कारण फेवाताल तथा यस वरपर क्षेत्रमा देखिएको सुनसान ।
पृथ्वी दिवसका अवसरमा हाइकिङ

गण्डकी । पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ ।
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।