चर्चित हिमाल आरोही हिलारीको शव भेटियो

काठमाडौँ। चर्चित हिमाल आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको छ। गत सोमबार बिहान आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी हिलारीको शव गोरखाको मनास्लु हिमालमा भेटिएको हो। हिमाल आरोहण गरि स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्। विस्तृतमा


पर्यटनमन्त्रीसँग भारतीय राजदूतको भेट

पर्यटनमन्त्रीसँग भारतीय राजदूतको भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

पोखरामा प्याराग्लाडिङ खुले

पोखरामा प्याराग्लाडिङ खुले

पोखरा । लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।

बतासे झर्ना हेर्न आन्तरिक पर्यटककाे भिड

बतासे झर्ना हेर्न आन्तरिक पर्यटककाे भिड

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ ।

पर्यटन विकासका लागि बन्दीपुरमा यसरी धमाधम भइरहेको छ काम

पर्यटन विकासका लागि बन्दीपुरमा यसरी धमाधम भइरहेको छ काम

तनुहँ । अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।

सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छः मन्त्री भट्टराई

सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छः मन्त्री भट्टराई

काठमाडौँ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सांसद हरिबोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्तले सो पुस्तकको आयोजित कार्यक्रममा सार्वजनिक गरे ।

शुक्लाफाँटामा कृष्णसारको बथान (फोटोमा)

शुक्लाफाँटामा कृष्णसारको बथान (फोटोमा)

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । उचित बासस्थानका कारण कृष्णसारको संख्या संरक्षण क्षेत्रका एक सय बढी पुगेको छ ।

‘माहुरी झरना’

‘माहुरी झरना’

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो ।

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।

पर्यटन क्षेत्रको आफ्नै पिडा: खुला भयो होटल, छैनन् पाहुना

पर्यटन क्षेत्रको आफ्नै पिडा: खुला भयो होटल, छैनन् पाहुना

बर्दिया। पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् ।

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।