प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् । विस्तृतमा


चिल जस्तै आकाशमा उड्दा...

चिल जस्तै आकाशमा उड्दा...

गुल्मी । आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफैँमा दङ्ग परेका थिए । कतिपयत हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म थिएन ।

अझै सुनसान बन्यो घोडेपानी–पुनहिल, पर्यटक नपुग्दा तंग्रिन सकेन

अझै सुनसान बन्यो घोडेपानी–पुनहिल, पर्यटक नपुग्दा तंग्रिन सकेन

म्याग्दी । फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । १ वर्ष यता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् ।

पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल

पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।

लुम्बिनीको ब्रान्डिङ शुरु

लुम्बिनीको ब्रान्डिङ शुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र प्रतीक चिन्हलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् ।

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

गलकोट । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो ।

ऐतिहासिक मल्लाज दरबार

ऐतिहासिक मल्लाज दरबार

गलकोट । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजस्थित ऐतिहासिक मल्लाज दरबार । उक्त दरबारलाई कर्णेलीको दरबारसमेत भनिँदै आएको छ । अहिले उक्त दरबारमा रिसोर्ट सञ्चालनमा छ ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

महोत्तरीको मनराशिस्वामा एकै साथ पाँच दर्जन नीलगाई फेला

महोत्तरीको मनराशिस्वामा एकै साथ पाँच दर्जन नीलगाई फेला

जलेश्वर । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

पर्यटन

गणेश हिमाल

गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।