Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’

‘राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’


बाँके । बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उनी दुईपटक मात्र घर आए । यही बीचमा उनका दुई छोरा जन्मिएका छन् । सुत्केरी हुँदा सुनारले श्रीमान्को माया र साथ पाएनन् । सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमान्लाई निकै सम्झिइन् ।

एक वर्षअघि मात्रै सुनारका श्रीमान्को मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । अहिले एघार र छ वर्षका छोरासँग जीवन बिताइरहेकी उनीलाई वैदेशिक रोजगारीबाट श्रीमान्लाई समयमै फर्काउन नसकेको पीडाले पोल्छ । फोनमा जतिबेला पनि फर्कनुभन्दा पनि एक वर्ष अरू बस्छु भन्दै टारिरहेकी छन् । बिहे गरेर पनि लामोसमय सँगै बस्न पाइएन । उनले भनिन्, “अहिले छोरा टुहुरा भए, मलाई पनि जिन्दगी चलाउन गाह्रो छ ।”

वैदेशिक रोजगारीमा गएकाका श्रीमती कसरी बाँचेका होलान्, अवस्था कस्तो होला भनेर समाजले नबुझेको विषयमा सुनारले गुनासो पोखिन् । “राम्रो भयो भने भाग्यमानी भन्ने समाज श्रीमान्को मृत्युपछि त्यही श्रीमान्लाई खाई भनेर टोकेसो गर्छन्”, उनले भनिन् “हाम्रो भावना बुझिदिने त कोही छँदै छैन ।”

सुनारको जस्तै पीडा बाँकेकै कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको पनि छ । उनीको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो । भविष्य सुरक्षित गर्न भन्दै श्रीमान्लाई मलेसिया पठाइन् । थोरै रहर र धेरै बाध्यताका बीच उनीले श्रीमान्लाई मलेसिया जान अनुमति दिनुभएको हो । एक–दुई गर्दै वर्ष थपिँदै गए । तर श्रीमान् अहिलेसम्म फर्किएका छैनन् ।

एक–एक वर्ष भिसा थप गर्दै उनका श्रीमान् उतै बस्न थाल्नुभयो । दश वर्ष बितिसक्दा पनि श्रीमान् अहिलेसम्म घर नफर्किएको रानाले सुनाइन् । “छोराछोरी बाबुबिनाका सन्तानजस्तै भएका छन्”, उनले भनिन्, “श्रीमान्ले दुःख गरेर कमाएको भन्दै राम्रो लगाउन र मीठो खान सकिनँ, पखाईमै जवानी बित्यो ।” मलेसिया गएको केही वर्षपछि श्रीमान् राजेन्द्र रानाले फोन गर्न छाडेको मीनाले गुनासो गरिन् ।

“पैसा पनि पठाउन छाडे”, उनले भनिन्, “करकापपछि छोराछोरीको पढाइका लागि भन्दै थोरै पैसा पठाउँथे ।” अहिले त त्यही पैसा पनि पठाउन छाडेको उनले सुनाइन् । “अहिले त नेपाल आउन नसक्ने भन्छन्”, उनले भनिन्, “मन बेचैन छ । सोच्दासोच्दै मानसिकरूपमा बिरामी पर्न थालेको छु । अहिले मलाई पेटसम्बन्धी समस्याले सताएको छ । पैसा छैन उपचार गर्न सक्ने अवस्था पनि छैन ।”

“जसका लागि भनेर मैले परिवार हेरेर १० वर्ष पर्खेँ, उसैले तँसँग मेरो कुनै सरोकार छैन, म अब फर्किन्न भन्यो”, उनले आँशु खसाल्दै भनिन्, “अब मैले कसरी गुजारा गर्ने रु छोराछोरी कसरी पाल्ने ? ममाथि अन्याय भयो ।” राना अहिले छोराछोरीका साथ नेपालगन्जमा कोठा भाडामा लिएर बसिरहेकी छन् । छोरी अढाइ वर्ष र छोरा पाँच वर्षको हुँदा उनका श्रीमान् मलेसिया गएका हुन् । अहिले उहाँको छोरा १५ वर्ष छोरी साढे १२ वर्षको भइसकेका छन् ।

“मेरा छोराछोरीले बाबाको माया पाउन सकेनन्”, उनले भनिन्, “स्कुलमा बुवालाई बोलाऊ भन्दा छोरी रुँदै घर फर्केर आउँछे, त्यो आँशुको मूल्य कसले बुझिदिने ?” जाजरकोटबाट नेपालगन्ज झरेकी मीनाले अहिले गिट्टी–बालुवा बोक्दै छोराछोरीको जिम्मेवारीसँगै आफूलाई पालिरहनुभएको छ । श्रीमान् फर्केर आएपछि परिवारसँगै मिलेर बस्ने सुन्दर सपना बुनेकी रानाको सपना सपनामै सीमित रह्यो ।

“उतै बिहे गरेको सुनेकी छु, आफ्नो दुःख कसलाई सुनाउँ ?”, उनले गहभरि आँशु पार्दै भनिन्, “मेरा लागि नभए पनि छोराछोरीको मुख हेरेर भए पनि फर्केर आएहुन्थ्यो ।” श्रीमान्को व्यवहारले आजित भएर उनले विदेश जाने निधोसमेत गर्नुभएकी रानाले राहदानी पनि बनाएको बताउनुभयो । तर छोराछोरी एक्लै छाडेर जाने हिम्मत नभएको उनले बताइन् । “म त घर न घाटकी भएँ, विदेश नजाउँ छोराछोरी कसरी हुर्काउँ, पढाउँ ?”, उनले भनिन्, ‘जाउँ भने छोराछोरीलाई कसरी एक्लै छाडेर जाउँ रु”

वैदेशिक रोजगारमा गएर घर नफर्किएका श्रीमान्का कारण श्रीमतीहरूले भोग्नुपरेको पीडाको विषयमा अधिकारकर्मी सपनाश्री भट्टराईले जति नै हिंसा भए पनि सामाजिक इज्जतका कारण पनि वैदेशिक रोजगारमा गएका पुरुषका पत्नी खुलेर नआउने बताइन् । उनले भनिन्, “वैदेशिक रोजगारमा गएका श्रीमान्ले घर धानेर बसेका श्रीमतीलाई अनावश्यकरूपमा शङ्का गर्ने, पैसा नपठाउने र घरै नफर्कने कारणले कति महिला मानसिकरूपले पीडित बनेका छन् । ”

उनले भनिन् “विदेशमा बसेर घरमा घर धानिरहेकी श्रीमतीमाथि अनावश्यक शङ्का गरेर पैसा नपठाउने र घरै नफर्कने कारणले धेरै महिला मानसिकरूपमा पीडित बनेका छन् । महिला आफ्नै इज्जतका कारण पनि खुल्न सक्दैनन् ।” वैदेशिक रोजगारीमा गएका श्रीमान्ले पैसा नपठाउँदा र घर–परिवारप्रति वास्तै नगर्दा पनि महिला न्यायका लागि प्रहरीसम्म पुग्न नचाहेको उहाँको भनाइ छ ।

जिल्ला महिला बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षेत्रीले विदेशमा बेपत्ता भएका वा घर नआउने श्रीमान्बारे अहिलेसम्म कुनै उजुरी नपरेको बताइन् । उनले विदेश बसेको श्रीमान्लाई झिकाउन नसके पनि सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न सक्ने जानकारी दिइन् । उनले भनिन्, “विदेश बसेको श्रीमान्लाई झिकाउन त सक्दैनौँ तर सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न त सक्छौँ भनेर हामीसम्म आइपुगेका मुद्दामा भने हाम्रो भूमिका केवल सहयोगीको मात्रै रहेको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT