Techie IT
२०८२ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमोरङमा सुन पसलमा आगलागी, २८ जना घाइते

मोरङमा सुन पसलमा आगलागी, २८ जना घाइते


मोरङ । मोरङको उर्लाबारी –७ बरगाछीमा रहेको सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार तीन जनाको अवस्था गम्भीर रहेको छ ।

आगलागीमा परेर घाइते भएका कुमार तामाङ, सुमन चौधरी र तारामणि लिम्बूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ ।

लक्ष्मीपूजाको राति कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीय घटनामा घाइते भएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार आगलागी नियन्त्रणको प्रयासमा जुटेका सुरक्षाकर्मी र स्थानीय तथा आगलागी भएपछि बाहिर जम्मा भएका स्थानीयलाई आगोको लप्काले भेट्टाएको थियो । सुन पसलभित्रको ग्यास सिलिण्डर बिष्फोट हुँदा आगोको लप्का बाहिर निस्किएको र त्यसले धेरैलाई घाइते बनाएको प्रहरीको अनुमान छ ।

आगलागीबाट घाइते भएकाहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्काल पहल गरेको छ । मुख्यमन्त्री कार्यालयले दिएको विवरणअनुसार घाइतेहरुमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । सोही अस्पतालमा सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधानको उपचार भइरहेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT