भारतलाई उछिन्दै अघि बढिरहेको बंगलादेशको कथा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सन् १९७१ मा पाकिस्तानबाट अलग भएपछि बंगलादेशले थुप्रै त्रासदीहरूको सामना गर्नुपर्‍यो । भयावह गरीबी, प्राकृतिक विपत् र अहिले आएर विश्वकै सबैभन्दा ठूलो शरणार्थी संकटबाट बंगलादेश जुधिरहेको छ ।

 

सात लाख पचास हजार रोहिंग्या मुसलमान छिमेकी देश म्यान्मारबाट आफ्नो घरबार छोडेर यतिबेला बंगलादेश आइपुगेका छन् । तर यतिधेरै समस्याहरूका बाबजूद बंगलादेश अहिले आर्थिक सफलताको नयाँ इतिहास रच्दैछ ।

 

औद्योगिक उत्पादनको क्षेत्रमा बंगलादेशले तीव्र गतिका साथ प्रगति गर्दैछ । कपडा उद्योगमा बंगलादेश अहिले चीनपछि दोस्रो नम्बरमा छ । बितेको एक दशकमा बंगलादेशको अर्थ व्यवस्था वार्षिक ६ प्रतिशतको दरले अगाडि बढिरहेको छ । सन् २०१८ जुन महिनामा यो वृद्धिदर ७ दशमलव ८ प्रतिशत पुगेको थियो ।

 

सन् १९७४ को भयानक अनिकालपछि १६.६ करोड आवादी भएको बंगलादेश खाद्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनिसकेको छ । सन् २००९ देखि बंगलादेशको प्रतिव्यक्ति आयमा ३ गुणा वृद्धि भएको छ । सन् २०१८ मा बंगलादेशको प्रतिव्यक्ति आय १ हजार ७ सय ५० डलर पुग्यो ।

 

बंगलादेशमा अत्याधिक संख्यामा मानिसहरू गरीबीमा बाँचिरहेका छन् । यद्यपि विश्व बैंकको आँकडाअनुसार प्रतिदिन १ दशमलव ५ डलर आयमा गुजारा चलाउने कुल १९ प्रतिशत जनसंख्या अहिले घटेर ९ प्रतिशतमा आइपुगेको छ ।

 

शेख हसिना लगातार तेस्रो पटक बंगलादेशको प्रधानमन्त्री बन्दैछिन् । हसिनाको नेतृत्वमा बंगलादेश हालको वर्षमा एशियाको सबैभन्दा सफल देशको रूपमा उदाएको छ । 

 

एक समय बंगलादेश पाकिस्तानको सबैभन्दा गरीब इलाका थियो । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि पनि बंगलादेश भीषण गरीबीबाट गुज्रियो । सन् २००६ देखि बंगलादेशको तस्वीरबाट गरीबीको धुलो हट्न थाल्यो र प्रगतिको दौडमा पाकिस्तानभन्दा अगाडी निस्कियो । त्यसपछि बंगलादेशको कुल गार्हस्थ उत्पादन दर पाकिस्तानको भन्दा २.५ प्रतिशतले बढी भयो ।

 

 

अर्थशास्त्री कौशिक बासुका अनुसार विकास दरमा बंगलादेशले भारतलाई पनि पछाडी पार्ने पक्का छ । बंगलादेशको आवादी प्रतिवर्ष १.१ प्रतिशतको दरले बढ्दैछ । जबकी पाकिस्तानको आवादी २ प्रतिशतको दरले बढ्दैछ । यसले पाकिस्तानको तुलनामा बंगलादेशको प्रतिव्यक्ति आय पनि तेज गतिका साथ बढ्दै गएको संकेत दिन्छ ।

 

विश्व बैंकको आँकडाअनुसार बंगलादेशमा सन् २०१७ मा बैंक खाता भएकाहरू मध्ये ३४ दशमलव १ प्रतिशत व्यक्तिले डिजिटल कारोबार गरेका थिए । यो भनेको दक्षिण एशियामा २७ दशमलव ८ प्रतिशतभन्दा धेरै हो । 

 

भारतमा ४८ प्रतिशतको हाराहारीमा यस्ता व्यक्तिहरू छन् जोसँग बैंक खाता त छ, तर उनीहरू कुनै कारोबार गर्दैनन् । यस्तो खातालाई निष्क्रिय खाता (डोरमेट एकाउण्ट) भनिन्छ । यता बंगलादेशमा भने १० दशमलव ४ प्रतिशत मात्रै यस्तो खाता छ । 

 

यस वर्षको सुरुवातमा बंगलादेशको लागि त्यो क्षण एकदमै निर्णायक रह्यो जतिबेला संयुक्त राष्ट्रसंघले बंगलादेशलाई सन् २०२४ मा अल्पविकसित देशको पंक्तिबाट निकालेर विकासशील देशहरूको पंक्तिमा राख्ने उद्घोष गर्‍यो । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा बंगलादेशको लागि यो एक ठूलो उपलब्धि हुनेछ ।

 

संयुक्त राष्ट्रसंघको यस्तो पहललाई शेख हसिनाले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘अल्पविकसित देशको श्रेणीबाट बाहिर निस्किनु हाम्रो आत्मविश्वासको मजुबतिको लागि एकदमै महत्वपूर्ण छ । यो यहाँका नेताहरूको लागि मात्रै नभई नागरिकहरूको लागि पनि फलदायी हुन्छ । किनकी जब तपाईं एकचोटी त्यो श्रेणीबाट बाहिर निस्किनुहुन्छ, त्यसपछि तपाईं कसैको दयाबिना आफ्नै क्षमताको भरमा अगाडी बढ्न सक्नुहुन्छ ।’

 

अधिकांश क्षेत्रमा बंगलादेश सरकारी लक्ष्यभन्दा अगाडी बढिसकेको छ । कपडा उद्योगमा बंगलादेशको प्रभुत्व विश्वभरी नै फैलिइसक्यो । यहाँ उत्पादन हुने कपडाको निर्यात बर्षेनी १५ देखि १७ प्रतिशतको दरले बढ्दो छ ।

 

सन् २०१८ को जुन महिनासम्म कपडाको निर्यात ३६ दशमलव ७ अर्ब डलरसम्म पुगेको थियो । कपडाको निर्यातलाई सन् २०१९ मा ३९ अर्ब डलर पुर्‍याउने र सन् २०२१ मा जब बंगलादेश आफ्नो ५०औँ स्थापना दिवस मनाउँदै हुनेछ, त्यतिबेला उक्त आँकडा ५० अर्ब डलर पुर्‍याउने शेख हसिनाको लक्ष्य छ । 

 

 

बंगलादेशको अर्थव्यवस्थामा विदेशमा काम गर्ने करिब २५ लाख बंगलादेशीहरूको पनि मुख्य भूमिका छ । उनीहरूले विदेशमा कमाएर बंगलादेश पठाउने विप्रेषण (रेमिट्यान्स)को दर वर्षेनी १८ प्रतिशतको दरले वृद्धि हुँदै सन् २०१८ मा १५ अर्ब डलर पुगेको थियो ।

 

सन् २००९ मा शेख हसिनाले प्रविधिको प्रयोगलाई बढावा दिदैँ ‘डिजिटल बंगलादेश’को नारा अगाडी ल्याएकी थिइन् । बंगलादेशको राजधानी ढाकामा प्रविधिको क्षेत्र पनि विस्तारै फैलिदैँ छ । ढाकाको सिइओ भारतको आइटी क्षेत्रलाई टक्कर दिन चाहन्छ । औषधीहरूको उत्पादनमा भारत निकै अगाडी छ । तर बंगलादेश भारतलाई यसमा पनि टक्कर दिने मनसाय राख्दैछ ।

 

बंगलादेशको सरकार देशभरमा सय वटा विशेष आर्थिक क्षेत्रको नेटवर्क बनाउन खोज्दैछ, जसमध्ये ११ वटा तयार पनि भइसकेको छ र ७९ वटामा काम हुँदैछ । बंगलादेश बैंकका मुख्य अर्थशास्त्री फैसल अहमद बढ्दै गएको आवादीलाई आफ्नो देशको विकासका लागि फलदायी हुने ठान्छन् । उनले आफ्ना कैयौं अन्तर्वार्ताहरूमा बढ्दै गएको आवादीले सामाजिक तथा आर्थिक सोचलाई यथार्थमा ढाल्न अत्यन्तै सहयोगी भूमिका खेल्ने बताएका छन् ।

 

बंगलादेशको राजनीतिमा दुई महिला अर्थात् शेख हसिना र पूर्वप्रधानमन्त्री खालिदा जियाको प्रभुत्व छ । जब बंगलादेश पूर्वी पाकिस्तान थियो, त्यतिबेला बंगलादेशको स्वतन्त्रताका निम्ति दुवै नेतृका परिवारको उल्लेख्य योगदान रहेको थियो । पछिल्ला तीन दशकमा यी दुई नेतृ सत्तामा आउने र जाने क्रम जारी छ । यसका साथै यी दुवै जेल समेत परेका छन् ।

 

सन् १९८१ देखि शेख हसिनाले सत्ताधारी अवामी लिग पार्टीको नेतृत्वको गरिरहेकी छिन् । यो पार्टीको गठन उनका पिता शेख मुजिबुर रहमानले गरेका थिए । रहमान देशका प्रथम राष्ट्रपति थिए । सन् १९७५ मा सेनाका केही विद्रोहीहरूले रहमान र उनको परिवारका अधिकांशको हत्या गरिदिएका थिए । अवामी लिग पछिल्लो १० वर्षदेखि सत्तामा छ । सत्ताधारी दलको विजयले विकासलाई रफ्तार मिल्नेमा धेरै बंगलादेशीहरूले विश्वास गरेका छन् ।

 

बंगलादेशको उन्नतिमा तयारी (रेडिमेड) कपडा उद्योगको धेरै भूमिका रहेको मानिन्छ । किनकी कपडा उद्योगले बंगलादेशमा सबैभन्दा धेरै रोजगारीको सिर्जना गरेको छ । यस उद्योगबाट बंगलादेशमा ४० दशमलव ५ लाख सर्वसाधारणले रोजगारी पाएका छन् । सन् २०१८ मा बंगलादेशको कुल निर्यातमा तयारी कपडाको योगदान ८० प्रतिशत हाराहारी थियो ।

 

प्रधानमन्त्रीमा तेस्राे पटक निर्वाचित नेतृ शेख हसिना

 

टेक्सटाइल उद्योगमा बंगलादेशलाई विश्वका धेरै देशहरूले कडा टक्कर दिइरहेका छन् । बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोट्र्स एशोशियसनका अनुसार पछिल्लो पाँच वर्षमा ४ हजार ५ सय ६० करोडको उद्योगमा २० प्रतिशतले कमी आएको छ ।

 

बंगलादेशमा प्रत्यक्ष विदेशी आम्दानी (एफडिआई) खासै मजबुत छैन, जबकी शेख हसिनाले पछिल्लो ९ वर्षको शासनकालमा एफडिआईको मात्रामा ३ गुणाको वृद्धि गरेकी छन् । वित्तिय वर्ष २००८ को एफडिआई ९६ दशमलव १ करोड डलरबाट बढेर वर्ष २०१८ को जुनमा ३ अरब डलसम्म पुगेको थियो । यद्यपि इण्डोनेसिया र म्यान्मारजस्ता अन्य एशियाली देशको तुलनमा यो कम नै हो ।  

 

बंगलादेशमा व्यापारिक कारोबार गर्न कति सहज छ भन्ने आधारमा विश्लेषण गर्दा यसको वरियता एकदमै कमजोर स्थानमा छ । विश्व बैंकले व्यापारिक सुगमताको आधारमा १९० देशमध्ये बंगलादेशलाई १७६औँ स्थानको बरियताक्रममा राखेको छ ।

 

आइटीको क्षेत्रमा बंगलादेशले भारतसँग प्रतिस्पर्धा गर्ने महत्वाकांक्षा राखेको छ भनिन्छ । सफ्टवेयर कम्पनी टेक्नोहेभन र बंगलादेश एशोसियसन अफ सफ्टवेयर सर्भिसका संस्थापक हबिबुल्लाह करिमले फाइनान्सियल टाइमलाई दिएको एक अन्तर्वार्तामा सन् २०१८ जुन ३० सम्म आइटी सेवा र सफ्टवेयरको निर्यात ८० करोड डलर पुगेको बताउँछन् । चालु वित्तिय वर्षमा यो आँकडाले १ अर्ब डलर नाघ्ने उनको दाबी छ । सरकारले सन् २०२१ सम्म यसको लक्ष्य ५ अर्ब डलर निर्धारण गरेको छ, जुन वास्तवमै चुनौतीपूर्ण छ ।

 

विश्वभरमा जेनेरिक औषधीको निम्ति भारतको नाम प्रख्यात छ । तर बंगलादेश भारतलाई यस क्षेत्रमा पनि चुनौती दिने प्रयासमा छ । अल्पविकसित देशको श्रेणीमा रहेका कारण बंगलादेशलाई विशेषाधिकार (पेटेन्ट राइट)का नियमहरूमा केही छुट छ । यहि छुटका कारण बंगलादेश भारतलाई जेनेरिक औषधीको निर्माणमा  चुनौती दिने प्रयास गरिरहेको छ । जेनेरिक औषधीको निर्माणमा बंगलादेश दोस्रो ठूलो देश बन्दै ६० मुलुकहरूमा यसको निर्यात गरिरहेको छ ।

 

बंगलादेशका थुप्रै ठूला परियोजनाहरूमा चीनले आर्थिक सहायता प्रदान गरिरहेको छ । पद्मा नदीमा चार अर्ब डलरको रेल्वे पुल चीनले बनाइरहेको छ जस्ले बंगलादेशको दक्षिणी पश्चिमी र उत्तरी पूर्वी इलाकालाई जोड्नेछ ।

 

चीनले बंगलादेशलाई ३८ अर्ब डलर बराबरको ऋण दिने प्रतिबद्धता समेत गरिसकेको छ । भारी ऋण दिने घोषणाका कारण चीनले साना देशहरूलाई कर्जाको दुश्चक्रमा फँसाइरहेको भन्दै उनको आलोचना समेत भइरहेको छ । यहि आरोप चीनमाथि श्रीलंका र पाकिस्तानको कारण पनि लागिरहेको छ । यद्यपि बंगलादेशमा यो आलोचनालाई लिएर खासै हलचल देखिदैन ।

 

सन् २०१८ मा चीनले बंगलादेशको ढाका स्टक एक्सचेन्जबाट २५ प्रतिशत हिस्सा खरिद गरेको थियो । यसलाई खरिद गर्ने प्रयास भारतले पनि गरेको थियो । तर चीनले यसको लागि बढी शेयर रकम कबोल गर्दै भारतको हातबाट उक्त अवसर खोसेको थियो । चीनसँग सैन्य हतियार किन्ने मामलामा बंगलादेश पाकिस्तानपछि दोस्रो ठूलो मुलुक हो । चीनले यस मामलामा निकै भूमिका निभाइरहेको शेख हसिना समेत स्वीकार गर्छिन् ।

 

धेरै सूचांकहरूमा बंगलादेशले पाकिस्तानलाई मात्रै नभई भारतलाई पनि पछाडि पारिसकेको छ । बाल मृत्युदर, लैंगिक समानता र औसत उमेरमा बंगलादेशले भारतलाई उछिनिसकेको छ । संयुक्त राष्ट्रसंघका आँकडाहरू अनुसार सन् २०१३ मा बंगलादेशको प्रतिव्यक्ति आय ९ सय १४ डलर थियो । सन् २०१६ मा ३९ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै प्रतिव्यक्ति आय १ हजार ३ सय ५५ डलर पुगेको थियो ।

 

यसै अवधिमा भारतमा भने यो दर १३ दशमलव ८० प्रतिशत मात्रै बढ्यो । पाकिस्तानले यहि अवधिमा २० दशमलव ६ प्रतिशतले प्रतिव्यक्ति आयमा वृद्धि गरेको थियो । यदि बंगलादेश यहि गतिमा अगाडि बढिराख्ने हो भने सन् २०२० सम्ममा प्रतिव्यक्ति आयको हिसाबले भारतलाई धेरै पछाडी छोड्ने अनुमान गरिन्छ । 

 

प्रस्तुतीः सुमनराज श्रेष्ठ (एजेन्सीको सहयोगमा)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 9 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 10 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 10 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।