Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वशौचालयमा दैनिक ६ घण्टा बिताएपछि कर्मचारीको जागिर ‘चैट’

शौचालयमा दैनिक ६ घण्टा बिताएपछि कर्मचारीको जागिर ‘चैट’


एजेन्सी । हामी सबै काम गर्न अफिस जान्छौं । काम गरेपछि मात्र तलब पाउँछौँ । कामको बीचमा २–३ ब्रेक लिइरहन्छौँ । तर, ब्रेक लिनु चीनमा एक व्यक्तिलाई महँगो परेको छ । कामको बीचमा व्यक्तिले ६ घण्टा ब्रेक लिने गरेकोले कम्पनीले उनलाई बर्खास्त गरेको हो ।

पछि ती व्यक्ति अदालत जानुपर्‍यो । वास्तवमा, जानकारी अनुसार एक व्यक्तिले कार्यालयको शौचालयमा दिनको ६ घण्टा बिताउने गर्थे, जसका कारण कम्पनीले उनलाई जागिरबाट निकालेको हो ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उक्त व्यक्तिको थर वाङ हो । उनी दिनमा ६ घण्टा ट्वाइलेट ब्रेक लिने गर्थे । एकपल्ट त्यहाँ गएर बस्ने गर्थे । सुरुमा सबै ठीकठाक भयो तर पछि ती व्यक्तिले जागिर गुमाउनु पर्यो ।

वास्तवमा कुरा के हो भने वाङ सन् २००६ मा जागिरमा आएका थिए । उनी करारमा काम गर्थे । डिसेम्बर २०१४ मा वाङलाई मलद्वारसम्बन्धी समस्या थियो । यस्तो अवस्थामा उनले आफ्नो उपचार पनि गराए । उपचारपछि वाङले कार्यालय समयमा दिनको ६ घण्टा शौचालयमा बिताउने गर्थे । यस्तो अवस्थामा कम्पनीले उनको सम्झौता खारेज गरेको हो ।

हताश भएर वाङ अदालत गए । तर, अदालतले पनि उनको कुरा सुनेन । अदालतले कम्पनीलाई सदर गरेको छ । यो खबर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । चिनियाँ सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT