Techie IT
२०८१ मंसीर २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनसाइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा


कञ्चनपुर । उत्तरी धुर्वमा चिसो बढे सँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।

साइबेरिया लगायत क्षेत्रमा हिमपात सँगै चिसो बढे पछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताए ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवा लगायत चरा सिमसारमा आएका उनले बताए ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान लगायत क्षेत्र बाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चरा बारे जानकारी भएका डगौराले बताए । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र

धरानमा शनिबार देखि योमरी महोत्सव हुँदै

धरान । नेवाः देय दबुले आगामी शनिबार देखि तीन दिन सम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार

पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४

चीनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलो पटक देखियो

कञ्चनपुर । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलो पटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया

‘लुम्बिनी महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ’

मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव संचालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि,

Techie IT