Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटननेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै


काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको हो ।

नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले बताउनु भयो । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् ।

‘कोसी प्रदेशको जुनसुकै पर्यटकीयस्थल वा नवस्थललाई आफ्नो प्रोजेक्टको टार्गेट स्थलका रूपमा लिएर भूगोल परिवेशअनुसार पर्यटन लक्षित प्रोजेक्ट निर्माण गर्नुपर्ने हुन्छ । सो प्रोजेक्ट निर्माणका लागि प्रतिस्पर्धीले अनिवार्य स्थलगत अध्ययन गर्नुपर्ने र स्थलगत अध्ययन पश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।’ प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताइएको छ ।

नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष मगरले जिकीर गर्नुभयो । विशेष गरी, इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) विषयका विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ । उनीहरूले आवश्यकतानुसार टीममा मेनेजमेन्ट वा आइटीका विद्यार्थीलाई पनि सामेल गराउन सक्नेछ । टीममा अधिकतम ५ जना हुनुपर्नेछ ।

प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने, पर्यटन व्यवसाय प्रवर्द्धनमा नयाँ उपायहरूको खोजी
गरी विद्यार्थीहरूलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ ।

प्रतिस्पर्धीले तयार गरेका प्रोजेक्ट नव वर्ष सो प्रदर्शनीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थी लगायतलाई अवलोकनमा निमन्त्रणा गरिनेछ । साथै विद्यार्थीले तयार गरेको प्रोजेक्टलाई लगानीकर्ता सँग जोड्ने पुलको कार्य गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, द्वितियलाई नगद पचास हजार, तृतियलाई पच्चीस हजार र सहभागी सम्पूर्ण टिमले दश हजार साथै प्रमाणपत्र, एवम् आकर्षक गिफ्ट ह्याम्परहरू पाउनेछन् । प्रतियोगितालाई प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्नेछन् । कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT