गृहपृष्ठ ∕
UK ∕
स्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोप स्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोप
एजेन्सी । बेलायतको स्कटल्याण्डमा भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीसँग दुर्व्यवहारको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीलाई खालिस्तानीहरूले गुरुद्वारा जानबाट रोकेका थिए।
विक्रम दोराईस्वामी गुरुद्वारा कमिटीको निमन्त्रणामा लङ्गार कार्यक्रममा सहभागी हुन आएका थिए तर उनको गाडी गुरुद्वाराको मुख्य गेटमा पुगेपछि ३–४ कट्टरपन्थी सिखले उनलाई गुरुद्वारा प्रवेश गर्नबाट रोकेर नाराबाजी गर्न थाले ।
गुरुद्वारामा लंगरको तयारी पूरा भएको र हलमा टेबुल आदि पनि राखिएको समाचारमा जनाइएको छ । तर भारतीय उच्चायुक्त त्यहाँ पुग्नेबित्तिकै केही सिख कट्टरपन्थीले उनीमाथि दुर्व्यवहार गरेका थिए।
सिख कट्टरपन्थीहरूले भारतीय उच्चायुक्तको कारको ढोका पनि तानेको बताइएको छ ।
केही समयमै भारतीय उच्चायुक्त विक्रम दुरैस्वामीले आफ्नो चालकलाई त्यहाँबाट जान आदेश दिएको र उनी कार्यक्रममा उपस्थित नभई गुरुद्वाराको गेटबाट फर्किएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने
लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ