Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठUKजीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित

जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित


लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए। उनै रानाभाटले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्।

निर्वाचित रानाभाटले बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा उपमेयरको शपथ लिँदै औपचारिक पदभार समेत ग्रहण गरेका छन्। बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए।

रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस)का अध्यक्ष समेत रहेका रानाभाटले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एशोसिएसन यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।उनले एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका थिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

लण्डन। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ एसिया

बेलायतमा नेपाली मेला हुने

लण्डन । बेलायतमा नेपाली मेला हुने भएको छ । १५औँ संस्करणको नेपाली मेला आगामी २५ अगस्टमा हुने भएको हो ।

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन

लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा

बेलायतमा आमचुनाव गर्ने घोषणा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा

Techie IT