Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKस्कटल्याण्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

स्कटल्याण्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु


लण्डन । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी–बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो ।

उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा. यज्ञप्रसाद सुवेदी हुन् । आगलागीका कारण धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गएको एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष डा. शिव तिवारीले जानकारी दिएका छन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो ।

आगलागी भएको थाहा पाउने बित्तिकै हतार–हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए । आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको बताइएको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झण्डै दुई दशकदेखि स्कटल्याण्डको एबर्डिनमा बस्दै आएको थियो । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा समुन्द्री तटमा काम गर्थिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७…

लण्डन । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

Techie IT