Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKवंशजको नेपाली नागरिकताको निरन्तरता माग गर्दै एनआरएनए यूकेले बुझायो पराराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

वंशजको नेपाली नागरिकताको निरन्तरता माग गर्दै एनआरएनए यूकेले बुझायो पराराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि माग गरेको छ । नेपाल भ्रमणमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर सहितको टोलीले परराष्ट्रमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटमा गाहामगर सहितको टोलीले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लण्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रीस्तरीय सहभागिताका लागि पनि अनुरोध गरेका छन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतसमक्ष गोर्खा माग सम्बन्धमा जति सशक्त रुपमा अडान राख्नु पर्ने हो त्यो नहुँदा भूतपूर्व गोर्खा दाजुभाइहरुमा निकै नैराश्यता छाएको दावी गर्दै गाहामगरले आफ्नो अनुरोधलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन् ।

त्यस्तै, एनआरएनए यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेको छ ।

नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन, ज्ञापनपत्रमा भनिएको छ, तर, नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मूल मर्मलाई सम्बोधन गरेको छैन ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ ।

ब्रिटिश गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत, सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापन पत्रमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

Techie IT