Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKफिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम


लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् ।

प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ को भव्य उद्घाटन गरेका छन् । यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका छन् । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छिन् ।

बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् ।

यसैगरी चलचित्र बर एन्ड बधुको नयाँ गीत तिमीसँगको भिडियो लोकापर्ण समारोह सम्पन्न गरे लगत्तै निर्देशक मिलन चाम्स बेलायत तर्फ उडेका थिए । शो उद्घाटन समारोहमा गोर्खा वारियरका निर्माता सुमन राईलाई अनुग्रहको तेश्रो शोरुमको लागि शुभकामना व्यक्त गरे । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको उनले बताए ।

यस्तै दुई वटा शोरुमको सफलतापछि आफुहरुले ग्राहकबाट पाएको अपार मायाँका कारण आज अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफुहरु सफल भएको यसका अध्यक्ष सुमन राईले बताए । बेलायतमा यसका अन्य शोरुमहरु पनि खोल्दै जाने योजना पनि उनले सुनाए ।

अनुग्रह कम्पनीमार्फत आफुहरुले आधिकारिक बिक्रेताको रुपमा बेलायतका लागि रोलेक्स घडीको विक्री वितरण सेवा सुरुगर्न लागेको पनि उनले जानकारी गराए । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत उनले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

Techie IT