Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा तीन दिनमा तीन जना भारतीयको हत्या

बेलायतमा तीन दिनमा तीन जना भारतीयको हत्या


एजेन्सी । बेलायतमा ठूलो संख्यामा भारतीय प्रवासी बसोबास गर्छन्। सुरक्षाका हिसाबले बेलायतलाई सुरक्षित मानिन्छ, तर पछिल्ला तीन दिन त्यहाँ असुरक्षा बढ्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो तीन दिनमा तीन जना भारतीयको मृत्यु भएको छ ।

पछिल्लो घटना दक्षिण लन्डनको हो, जहाँ केरलाका ३८ वर्षीय भारतीय मूलका पुरुषलाई छुरा प्रहार गरी हत्या गरिएको बताइएको छ।

त्यही क्रममा तीन दिनअघि एक बेलायती भारतीय किशोर र हैदरावादका एक विद्यार्थीको चक्कु प्रहारबाट मृत्यु भएको थियो । अरविन्द शशिकुमारको शुक्रबार साउथह्याम्पटन वेस्थित एक आवासीय घरबाहिर छातीमा छुरा प्रहार गरी हत्या भएको महानगरीय प्रहरीले जनाएको थियो ।

प्रहरीले शशिकुमारका रुममेट सलमान सलीमलाई हत्याको आरोप लगाएको थियो ।

सञ्चारमाध्यमका अनुसार २५ वर्षीय सलिमले झगडापछि शशिकुमारको छुरा प्रहार गरी हत्या गरेका थिए । प्रहरीका अनुसार अभियुक्त सोही दिन क्रोइडन मजिस्ट्रेटको अदालतमा हाजिर भएको र जुन २० मा ओल्ड बेलीमा उपस्थित हुन हिरासतमा राखिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७…

लण्डन । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

Techie IT