‘विप्लव नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा उनीहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिए । विस्तृतमा


सहमति भए नेतृत्वको दाबी गर्दिनँ : रामचन्द्र पाैडेल

सहमति भए नेतृत्वको दाबी गर्दिनँ : रामचन्द्र पाैडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए । पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले समयमा नै महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

फ्रान्सेली राजदूतसँग उपराष्ट्रपतिले भने : हामी युराेपमा उडान भर्न चाहन्छाैँ

फ्रान्सेली राजदूतसँग उपराष्ट्रपतिले भने : हामी युराेपमा उडान भर्न चाहन्छाैँ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह गरेका छन् । आफूसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति भवन ग्रीनहाउस पुगेका नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई उनले उक्त आग्रह गरेका हुन् ।

उपनिर्वाचनकाे लागि आन्तरिक तयारी तीव्र

उपनिर्वाचनकाे लागि आन्तरिक तयारी तीव्र

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक तथा नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्षका ३८ पद हाल रिक्त छन् ।

विप्लवलाई सञ्चारमन्त्री बाँस्काेटाकाे चेतावनी नै चेतावनी

विप्लवलाई सञ्चारमन्त्री बाँस्काेटाकाे चेतावनी नै चेतावनी

काठमाडौँ । सञ्चारमन्त्री एवँ सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह क्रमशः संगठित आतंकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको आरोप लगाए । सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताउँदै उनले वार्तामा नआए विप्लव समूहले क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।

विनियाेजन विधेयकमाथिकाे छलफल सकियाे, सम्बन्धित मन्त्रीले शुक्रबारदेखि जवाफ दिने

विनियाेजन विधेयकमाथिकाे छलफल सकियाे, सम्बन्धित मन्त्रीले शुक्रबारदेखि जवाफ दिने

काठमाडौँ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन रकम तथा कार्यक्रममाथिको छलफल सकिएको हो ।

आयोगको विज्ञापन संविधानको मर्मविपरीत : आरक्षण बचाऔँ आन्दोलन

आयोगको विज्ञापन संविधानको मर्मविपरीत : आरक्षण बचाऔँ आन्दोलन

काठमाडौँ । पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाइएको छ । सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रबाट ‘आरक्षण बचाऔँ आन्दोलन’ नामक सङ्गठनले आपत्ति जनाएको हो ।

सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको खिमलाल भट्टराईकाे दाबी

सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको खिमलाल भट्टराईकाे दाबी

काठमाडौँ । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने, ‘सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।’

दीपक मनाङेकाे पार्टी प्रवेशले गण्डकी प्रदेशसभामा नेकपाकाे स्पष्ट दुई तिहाइ पुगेकाे जिकीर

दीपक मनाङेकाे पार्टी प्रवेशले गण्डकी प्रदेशसभामा नेकपाकाे स्पष्ट दुई तिहाइ पुगेकाे जिकीर

कास्की । मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मनाङेको पार्टी प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।

विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरूङ

विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरूङ

कास्की गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा निर्मित वातावरण मैत्री शवदाहगृहको आज यहाँ उद्घाटन गर्दै उनले विभिन्न जातजाति, भाषाभाषीको नेपाली समाजको दिगो एकता अरूका लागि पनि अनुकरणीय भएको चर्चा गरे ।

विप्लवलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा निधिकाे जाेड

विप्लवलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा निधिकाे जाेड

चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।