पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


डा. भट्टरार्इले दिए सडक संघर्षकाे चेतावनी

डा. भट्टरार्इले दिए सडक संघर्षकाे चेतावनी

काठमाडौँ । भ्रष्टाचार, महिला हिंसा, हत्या र बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले काठमाडौँमा बुधबारबाट शुरु भएको पार्टीको १५औं संघीय बैठकको उद्घाटन गर्दै सरकारविरुद्ध आन्दोलनको चेतावनी दिएका हुन् ।

हत्याकाे विराेधमा प्रदर्शनमा उत्रिदैँ काँग्रेस

हत्याकाे विराेधमा प्रदर्शनमा उत्रिदैँ काँग्रेस

सर्लाही । आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको विरोधमा काँग्रेसले मलंगवामा प्रदर्शन गर्ने भएको छ । मंगलबार सर्लाहीको रामनगर गाउँपालिकामा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताहरूबीच भएको झडपमा गोली चल्दा ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

काठमाडाैँमा बृहत् प्रदर्शन गर्ने तयारीमा विप्लव नेतृत्वकाे नेकपा

काठमाडाैँमा बृहत् प्रदर्शन गर्ने तयारीमा विप्लव नेतृत्वकाे नेकपा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ । नेकपाको केही समयअघि बसेको नेकपाको केन्द्रीय समितिको बैठकले पार्टी राजनीति र कार्यक्रम जनसमुदायसमक्ष लैजान काठमाडौँकेन्द्रित प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको थियो । जनसभालाई नेकपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

आफ्नो संसदीय कोषको लगानीमा ‘डिपबोरिङ’ निर्माण गर्ने यादवको प्रतिबद्धता

आफ्नो संसदीय कोषको लगानीमा ‘डिपबोरिङ’ निर्माण गर्ने यादवको प्रतिबद्धता

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहेका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताए ।

मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ

मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ

काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । मन्त्रालय परिसर अगाडि आज नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा अनौपचारिक रूपमा काम थालनी

प्रधानमन्त्री ओलीद्वारा अनौपचारिक रूपमा काम थालनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए ।

मेलम्ची आयोजनाका गाडीहरु फिर्ता ल्याउन मन्त्रीको निर्देशन, क–कसले लगेका थिए ? (लिष्टसहित)

मेलम्ची आयोजनाका गाडीहरु फिर्ता ल्याउन मन्त्रीको निर्देशन, क–कसले लगेका थिए ? (लिष्टसहित)

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।

गृहमन्त्री र रक्षामन्त्रीलाई अस्पतालमा बोलाएर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

गृहमन्त्री र रक्षामन्त्रीलाई अस्पतालमा बोलाएर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री थापा र उपप्रधान एवं रक्षामन्त्री पोखरेलसँग अस्पतालमै छलफल समेत गरेको अस्पताल स्रोतले जनाएको छ ।

उपत्यकामा कुन समयमा ट्रिपर सञ्चालन गर्न पाउने, यस्तो छ नयाँ नियम ?

उपत्यकामा कुन समयमा ट्रिपर सञ्चालन गर्न पाउने, यस्तो छ नयाँ नियम ?

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

तिहारमा सकेजति बत्ती बाल्न पाइने

तिहारमा सकेजति बत्ती बाल्न पाइने

काठमाडौं । यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार आज प्रकाशित घटना र विचार साप्ताहिकमा समाचर छापिएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो । तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।