सवारी दुर्घटनामा दुईको मृत्यु

  • मंगलबार, २६ भदौ, २०७५
  • 10 months ago
  • नेपाल
Education Park

उर्लाबारी ।  मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

 

कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । 

 

कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् । 

 

घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

 

विराटनगर महानगरपालिका – ९ स्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रङ्गेली नगरपालिका– ७ बस्ने ३० वर्षीया आँशु अग्रवालको मृत्यु भएको छ । 

 

दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ३८ वर्षीय मनोज अग्रवाल र उनकी छोरी सात वर्षीया अनिशा अग्रवाल घाइते भएकाले उनीहरुको सप्तकोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । 

 

ठक्कर दिने ट्रक र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । 

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 6 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 12 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 13 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।