IIMS College

ISMT

HUB Education

बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन् १९५७ मा भएको थियो भने अनिल अम्बानीको सन् १९५९ मा भएको थियो । 

 

व्यापारी परिवारमा जन्मिएका यी दुई दाजुभाईले पनि आफ्नो व्यापारको ठुलो एम्पायर बनाउन सफल भए । सन् २००५ मा यी दुई दाजुभाई मिलेर बनाएको १ लाख करोडको सम्पत्ति भागभण्डा लगाएका थिए । धिरुभाइ अम्बानीको मृत्युपछि केही समयसँगै काम गरेता पनि पछि उनीहरुबीच मनमुटाव भएका कारण अन्तत भागभण्डा लगाउन पुगेका थिए  । त्यस दौरान कसैले पनि कल्पना गरेका थिएनन् कि डेढ दशकमा मुकेश अम्बानीको औद्योगिक सामराज्य १६ गुणाले बिस्तार हुनेछ र अर्का भाइ अनिल अम्बानी टाट पल्टिने संघारमा पुगे । 

 

सन् २००५ मा जब मुकेश अम्बानी र अनिल अम्बानीबीच भागभण्डा भयो तब उनीहरु बीच लगभग बराबर सम्पत्ति थियो । अब भने मुकेश अम्बानीको सम्पत्ति अनिल अम्बानीभन्दा  ७.९७ लाख करोडले बढी रहेको छ ।  

 

भागभण्डा गरेपछि मुकेश अम्बानीको सम्पत्ति लगातार बढेको बढ्यै छ । उता अनिल अम्बानी चुर्लुम्म ऋणमा डुबेका छन् । भागवण्डा गरेपछि सन् २००६ मा अनिल अम्बानी भारतको तेस्रो धनी व्यक्ति थिए । उनीभन्दा मुकेश अम्बानी धेरै नै तल रहेका थिए । 

 

अनिल त्यस समय ५५० करोडले अगाडि रहेका थिए । हालै अनिल अम्बानीको रिलायन्सले टाटपल्टिएको घोषणा गरेको छ । यसले गर्दा बजारमा ठुलो हलचल आएको छ । शेयर मुल्यमा पनि ठुलो गिरावट आएको छ । केही महिना अगाडि ८४४ शेयर मुल्य रहेको रिलायन्स १०० मा झरेको थियो । त्यसपछि एकाएक ११ रुपैयाँमा झरेको थियो । गएको हप्ता भने सेयर मुल्य ५ रुपैयाँमा झरेको छ । 

 

उनले टाटपल्टिएको निवेदन अदालतमा पेश गरेका थिए । उक्त निवेदन अदालतले पनि स्वीकार गरेको थियो  । 

 

धिरुभाइ अम्बानीले १५ हजारको लगानीबाट टेक्सटाइल कम्पनी खडा गरेका थिए । उक्त कम्पनी खडा गरेको एक वर्षपछि मुकेश अम्बानीको जन्म भएको थियो । सन् १९८१ मा पाताल गंगा पेट्रो केमिकल प्लान्ट बनाउन उनी एमबिएको पढाइ छोडेर आफ्नो पितासँग काम गर्न भारत फर्किए । त्यस समय उनी २४ वर्षकामात्र थिए । 

 

अमेरिकामा एमबिए सकेका मुकेशले भने को–चिफ भएर रिलायन्समा काम गर्न सुरु गरेका थिए । त्यस समय उनको उमेर २४ वर्ष रहेको थियो । 

 

रिलायन्ससँग जोडिएपछि उनले रसिकभाइ गोस्वामीसँग मिलेर काम गर्न थाले । हरेक दिन भएका कार्यहरुको रिपोर्टले उनले रसिक भाइलाई दिने काम गर्थे । 

 

उनको आदेश अनुसार नै काम गर्थे । सन् १९८५ मा रसिक भाईको निधन भएको थियो । त्यस लगत्तै अर्को वर्ष धिरुभाइ अम्बानीलाई पनि हटअट्याक आएको थियो । त्यसपछि रिलायन्सको सबै जिम्मेवारी मुकेश र अम्बानीको काँधमा आएको थियो । 

 

त्यसपछि मुकेशले रिलायन्स इन्फोकमको स्थापना गरेका थिए । सन् २००२ मा अर्को हट्अट्याकका कारण धिरुभाइ अम्बानीको मृत्यु भयो । यो घटना अम्बानी परिवारलाईभन्दा पनि रिलायन्स कम्पनीलाई ठुलो झट्का रहेको थियो । 

 

धिरुभाईले दाजुभाईमा कुनै फुट नआउने भन्दै कुनै भागवण्डाको कागजपत्र बनाएका थिएनन् । त्यसपछि दाजुभाईमा कामकाजलाई लिएर विस्तारै विवाद बढ्न थाल्यो । रिलायन्सको दाबी गर्दै दुवै दाजुभाईबीच मनमुटाव हुनथाल्यो ।

 

सन् २००५ मा यो समस्या छताछुल्ल हुन पुग्यो । विवाद बढेपछि मुकेश अम्बानीले रिलायन्सका सबै कर्मचारीलाई मेसेज गर्दै भनेका थिए, ‘धिरुभाईको यो विरासतमा कुनै पनि भ्रम रहेको छैन ।’

 

मुकेश अम्बानी हरेक कुरालाई ग्राउण्ड लेभलबाट अध्ययन गरेरमात्र योजना निर्माण गर्दथे । त्यस्तै आधुनिक लाइफस्टाइललाई प्राथमिकतामा राख्ने अनिलले भने तल्लो लभेलमा रहेर बुझ्न नचाहेको समिक्षकहरुले बताएका थिए । तर, देशको क्यापिटल मार्केटको श्रेय भने अनिललाई जाने गर्छ । 

 

उनी फिटनेश लगायत अन्य क्रियाकलापमा सर्तक रहने गर्छन् । उनी चर्चित हस्तीहरु अमिताभ, अमरसिंह जस्ता पात्रहरुको निकै नजिक रहेका छन् । यसै कारण उनी राज्यसभा सांसद पनि बने ।  

 

तर, दाजुभाईमा कामकाजको जिम्मेवारी थपिएपछि उनीहरुबीच बोलीचाली नै बन्द भएको थियो । सन् २००४ मा रिलायन्सको सबै आर्थिक रेखदेख मुकेश अम्बानीले गर्ने अधिकार पाएपछि अनिलले चार पेजको पत्र लेखेर यसको विरोध गरे । सन् २००५ मा रिलायन्सको भागभण्डाको माहोल तयार भयो । फेक्ससिप रिलायन्स उद्योगको जिम्मा मुकेश अम्बानीलाई दिइयो । पेट्रो केमिकल ओइल, ग्याँस रिफाइनिङ र टेक्स टाइल जति मुकेशको भागमा पर्यो । अनिलको भागमा धिरुभाइ टेलिकम, पावर, इन्टरटेनमेन्ट र फाइनान्स पर्यो ।

 

डेढ दशमा मुकेश अम्बानीले आफ्नो औद्योगिक सामराज्य यति धेरै विकास गरे कि उनले चीनका व्यापारी ज्याक मालाई पनि पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बने । उनले रिलायन्सलाई टक्कर दिन जियो लन्च गरे जसले भारतमा इन्टरनेटमा नयाँ क्रान्ति नै ल्याओ । हाल मुकेशको सम्पत्ति ३५ अर्व अमेरिकी डलर पुगेको छ । त्यस्तै टाटपल्टिन ठिक्क परेको रिलायन्स कम्पनीका मालिक अनिलको १.७ विलियन अमेरिकी डलर रहेको छ ।

 

सन् २००५ मा कच्चा तेलको मुल्य ७ डलर प्रतिव्यारेल रहेको थियो । मुल्यमा उतारचढाव भएका कारण कतै डुब्ने त होइन भन्ने उनमा धेरै आशंका रहेको थियो । त्यस समय टेलिगमको बिजनेश उचाइमा रहेको थियो । अनिललाई समस्या पर्ने गरी मुकेश कुनै पनि बिजनेश सुरु गर्ने तयारीमा रहेका थिएनन् ।

 

सन् २०१० सम्म उनीहरुबीच प्रतिस्पर्धा नगर्ने सर्त रहेको थियो । सर्त सकिए लगत्तै मुकेशले जियो लन्च गरे । मुकेशले अन्त गरेको कमाइ टेलिकममा लगानी गर्न थालेपछि अनिलको टेलिकममा ठाडै असर पुग्यो । यसले गर्दा उनको शेयर मुल्य घट्दै गयो । अन्तत उनमाथि ऋणको बोझ थुपारिदै गयो र ऋण चुक्ता गर्न सम्पत्तिहरु बेच्ने अवस्था पनि आइलाग्न थाल्यो । उनका अरु कम्पनीहरु पनि उत्तिकै खराब अवस्थामा पुगिरहेका छन् ।

 

पछिल्लो समय उनी राजनीतिक व्यक्तिहरुसँग हिमचिम बढाइ रहेका छन् । रिलायन्स टाट पल्टेपछि उनले अब मुकेशसँग सम्बन्ध विस्तार गर्न खोजे । एक मिडिया रिपोर्टका अनुसार मुकेश अनिलको रिलायन्स कम्पनी किन्ने तयारीमा छन् ।  टाट पल्टिएपछि दाई मुकेश अम्बानीले अनिलको ठुलो ऋण तिरिदिएका थिए । यसरी धिरुभाइ अम्बानीले जोडेको अर्बौ सम्पत्ति अनिलले १२ वर्षमा नै तहसनहस पारे । 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 9 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 10 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 10 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।