तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

Education Park

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । 

 

अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत वर्षेनी ७ करोड रुपैयाँ उठाउँदै आएको छ । 

 

राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६–७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए । ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो । 

 

उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ। २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ । एलएम सुविर ब्रदर्श (नेपाल) प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ । 


थप समाचार

बाख्रापालनबाट मनग्य आम्दानी

  • 9 seconds ago
बाख्रापालनबाट मनग्य आम्दानी

पोखरा । पोखरा महानगरपालिका वडा नं २० मौजास्थित कृषक दुर्गाबहादुर गुरुङको बाख्रा फर्म । फर्ममा रहेका १२५ वटा बाख्राबाट वार्षिक रु १० लाख आम्दानी हुने गुरुङ बताउँछन् ।

लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

  • 3 minutes ago
लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ क

चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

  • 7 minutes ago
चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

एजेन्सी । चेल्सीलाई युरोपा लिगको उपाधि जिताउने मउरित्सियो सार्रीले युभेन्ट्स सम्हाल्ने भएका छन् । इटालियन महारथी युभेन्ट्सले सार्रीलाई तीन वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।