रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस्

तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नेछन् । 

 

तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताए । 

 

जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ । 

 

तालिकामा दुर्लभ रगतदेखि सबै किसिमका ब्लड ग्रुप भएका सदस्यहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको जेसिजले जनाएको छ । 

 

सोही अनुसार आवश्यक परेको बेला फोन गरी सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष भण्डारीले बताए । जेसिजले २४सौँ घण्टा जति बेला पनि बिरामीलाई आवश्यक परेको समयमा आवश्यक रगत उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ । 

 

९१ जना सदस्यको ब्लड ग्रुप, नाम, फोन नम्बरसहित अनकल ब्लडको व्यवस्था गरेको जेसिजका महासचिव नेत्रलाल भट्टराईले जानकारी दिए । 

 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 27 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 59 minutes ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।